Skip to main content

टोलाएर बिताउँछु मेरा हरेक रातहरू

टोलाएर बिताउँछु मेरा हरेक रातहरू
सजाउँछु मिलाउँछु वेदनाका खातहरू
 
दुष्टहरूको दुनियामा बाँच्न पनि गाह्रो भयो
निरीहलाई खेदो गर्छन् दुस्मनका जातहरू
 
वसन्तको पछिपछि आउँछ उही उजाड शिशिर
रुखलाई नङ्ग्याएर झरी जान्छन् पातहरू
 
बोतलमात्र यौटा साथी बाँकी रह्यो जिन्दगीमा
तर रक्सीभन्दा कडा तिरस्कारका मातहरू
 
बैरी त बैरी थिए चिनेको थेँ जानेको थेँ
तर साह्रै घातक भए साथीका आघातहरू
 
उसले आँसु झार्योा मैले टुलुटुलु हेरिरहेँ
कुबेलामै कुँजिएछन् 'निखिल'का हातहरू