Skip to main content

रुपौलो छहारी मलाई नदेऊ

रुपौलो छहारी मलाई नदेऊ
दुखेको छ घाउ चलाई नदेऊ
 
म बाटो भुलेको भएँ एक यात्री
म खोज्दै छु साथी सलाई नदेऊ
 
सुनौलो बिहानी कथाझैँ छ मेरो
कहानी बनाई जलाई नदेऊ
 
म मातेर गाथा सबै पोख्छु हाँसी
भरेको छु प्याला ढलाई नदेऊ।