Skip to main content

बगरमा काँस फुल्यो

बगरमा काँस फुल्यो सेतै देख्छु बगर पनि
यात्राबीच तिमी छुट्यौ शून्य देख्छु डगर पनि
 
परेवाले घुर्दा पनि बन्दुक पड्केजस्तो लाग्छ
रगतमै लतपतिएजस्तो देख्छु नगर पनि
 
पोल्टाबाटै विश्वास किन लुटिएको भान हुन्छ
आफैँतिर खसिरहेजस्तो देख्छु सगर पनि
 
जिन्दगीका डोरीहरु यति कमजोर भए आज
मृत्युबाहेक सबै झुठोजस्तो देख्छु खबर पनि।