Skip to main content

तिम्रो आफ्नो इच्छा गर

तिम्रो आफ्नो इच्छा गर छैन कुनै कर मेरो
आँखा चिम्ली नडराई गरे हुन्छ भर मेरो
 
सौन्दर्यको पहरा म रात दिन गर्छु बरु
इमान मैले बेच्या छैन नमान है डर मेरो
 
जमानाले आज यौटा नयाँ मोड लिइसक्यो
तिमी भने अझै पनि सोध्ने गर्छ्यौ थर मेरो
 
यति ठूलो संसारमा अन्त कतै जानु छैन
तिम्रै मनको कुनातिर भए हुन्छ घर मेरो।