Skip to main content

मनसँग मन फसेको क्या राम्रो

मनसँग मन फसेको क्या राम्रो
तिमी मसँग बसेको क्या राम्रो
 
सर्माउँछ फूल तिमीलाई देेखेर
कम्मरमा पटुकी कसेको क्या राम्रो
 
आँखाको बाटो हुँदै सुटुक्क तिमी
मेरो मनभित्र पसेको क्या राम्रो
 
तिमीलाई देख्दा लजाएर हेर
सगरबाट जून खसेको क्या राम्रो।