Skip to main content

फाँटभरि घाम बोकी

फाँटभरि घाम बोकी जीवन झुल्छन् बालाहरु
गलाभरि मुस्कुराउँछन् विजयका मालाहरु
 
दुखव्यथा साथी हाम्रा हात समाई हिँडेका छौँ
बालेकै छौँ जस्केलामा आशैआशका पालाहरु
 
रोकिँदैन हाम्रो यात्रा गन्तव्य नटेकेसम्म
बैरीहरुले बाटोभरि छरे पनि भालाहरु
 
कहिलेसम्म दबाउँछौ विरोधका स्वर 'निखिल'
खोल अब ओठबीच झुन्डिएका तालाहरु।