Skip to main content

आँसुको भेलमा परेँ

आँसुको भेलमा परेँ घरभित्र कोसी पस्यो
म त हजुर ज्यँुदै मरेँ घरभित्र कोसी पस्यो
 
दैव सम्झी पूजा पनि नगरेको हैन मैले
कहाँ थिएँ कहाँ झरेँ घरभित्र कोसी पस्यो
 
सपनामा नसोचेको भोग्नुपर्योर विपनामा
मुटुभरि व्यथा भरेँ घरभित्र कोसी पस्यो
 
भै'गो अब तिमीसँग मेरो भन्नु केही छैन
टाढा अन्तै बसाइँ सरेँ घरभित्र कोसी पस्यो।