Skip to main content

काँडा पाएँ त के भो

काँडा पाएँ त के भो फूल हुर्काएँ मैले
शाखा मर्यो त के भो मूल हुर्काएँ मैले।
 
बाँच्न खोजेँ सम्बन्धको एउटा सेतु बनाएर
तिमीलाई आफ्नो ठान्ने भूल हुर्काएँ मैले।
 
रोइनँ, समेटेँ सारा व्यथाका पत्रपत्रहरू
आफैंलाई पीडा दिने शूल हुर्काएँ मैले।
 
ढाँट्न सकिनँ कालोलाई कालै भनी चिच्याएँ
वरिपरि आलोचकहरूको हूल हुर्काएँ मैले।