बगाएर लग्यो जसले जिन्दगीका पाताहरु
बगाएर लग्यो जसले जिन्दगीका पाताहरु
बाँकी छैनन् पाना कुनै छैनन् बाँकी गाताहरु
यो कोसीले कुन जुनीको बदला लियो थाहा छैन
सम्झनामै मात्र बाँकी रहे सारा नाताहरु
फूलजस्ता छोराछोरी बगिगए आँखैअघि
कठै कति रोए होलान् वेदनाले माताहरु
माथि बसी हेर्छ भन्ने दैव आज कता गयो
विपत्तिमा ओढ्न मिल्ने छैनन् कुनै छाताहरु
चस्किएर दुख्छ अझै मनको घाउ आलो नै छ
ओभाएका छैनन् आँखा बिते धेरै साताहरु।