Skip to main content

शोकगितको पोस्टमार्टम

📄️ समयको निबन्ध : कविता

हिँडेका छौँ अँध्यारो ओढेर, बोकेर अनिद्रा आँखाभरि, बगरैबगर, किनारै किनार। निर्बन्ध पीडाका छालहरूको माला भिरेर सुषुप्त चेतनाभरिभरि, थाहा छैन कहिलेदेखि। भिजिसकेछन् आँसुले समयका पट्यारलाग्दा आँचल या रगतले ? खेद छैन। ओ ! हेर ! सिसा च्यातेर पस्ला भित्र : झ्याल बाहिर चिच्याइरहेछ दुन्दुभि। ढोका बाहिर गाइरहेछ आतङ्क सिम्फोनी।