सपनाको प्रतिपक्षमा

भावनाको भेडिखर्कबाट आजैचाहनाको ओरालो लागेका छन्―मनहरू ।

अतीतको अँध्यारोले कब्जा गरेको जीवनवर्तमानले हिर्काएका केही नीलडामर मुठीभर आशाको उज्यालोयति हुन् हाम्रा साथी।

समात्नु छ सपना हामीलाईर मेटाउनु छ तृष्णा―वितगदेखिको एउटा सन्तप्त वियोगको ।

जूनको आँगनमा नछरोस् कसैले दुस्मनीर किरणहरूमानपोतोस् कसैले विचारको रङ।

निलो आकाशको छानो च्यातेरनचुहोस् समस्याको झरीयत्ति भए पुग्छ हामीलाई।

आँखैअगाडि पोल्टाबाट खुस्केरनछरियून् सपना सडकभरिठेस लागेर विश्वासमा छिर्काहरूले नरङ्गियोस्मनदेखि मनसम्म पुग्ने बाटो।

यत्ति हुन् हाम्रा सस्ता सपनाहरू।

ए राज्य !भन्, कहिलेसम्म उभिरहन्छस् ?हाम्रा सपनाको प्रतिपक्षमा।