एक मुठी उज्यालो
एउटा भ्रामक साङ्गीतिक सम्मोहनमाम आफै हराउँदै हराउँदै गएको अनुभव गर्दै छु आजकल।
कैदी सपनाहरूको उन्मुक्ति आशा बोकेरधेरै भयो समय―अदालतका ढोकाहरू ढक्ढक्याएकोतर्कहरूको जङ्गल रकथित प्रक्रियाहरूका उकाला ओरालाहरू नाघ्दैविस्थापनका घुम्तीहरूमा खोज्दै छु बास एक रातकोअवचेतनको निर्जन आकाशभरिएकनास उडिरहेछन् चिलका बथानपहिरो भत्केको वर्तमानबाटचिप्लिरहेछन् आशाका भग्नावशेषहरू क्रमशः क्रमशःचेतनाको नाममा खस्ने हो कि आफैले ओढेको आकाशभासिने हो कि आफैले टेकेको धरतीलम्पसार छ भय सोचाइको सीमान्तसम्मखस्ने हो कि सूर्य मध्याह्न―समयमा टाउकैमाथिभएभरको आत्मीयता च्यातेरप्रहार गर्ने हो कि हतियार सहयात्रीले― सहयात्रामैघरछेउको खहरे पस्ने हो कि कोसी बनेर घरभित्रैआफ्नै अवसानको खबर बोकेरतेर्सिन आइपुग्ने हो कि कुनै खबरपत्रिका आफैअघि ???
प्रतिपक्षमा उभिएपछि बलशाली समयजीवनका सबै भगीरथ प्रयत्नहरू निष्फल हुँदारहेछन्बिच बजारमा हराएका मान्छेहरूलेहेरौँ कहिले भेट्टाउँछन् आफैभित्रको आफूलाई ???
थाप्लोमा वेदनाको सगरमाथा नै खस्दा पनिएक मुठी उज्यालोको आशा त कहाँ मार्न सकिँदो रै‘छ र !