नोस्टाल्जिया
तिम्रो सामीप्यमासमयलाई पर्खाएर आत्मीयता साटेको आभासजीवनकै श्रेष्ठतम भ्रममा अनुवाद भएको छ आजयादको मिर्मिरे बर्सातमा पीडाबोधले रुझ्दै छु यति बेलार अनुभव गर्दै छु―तिमी छौ र छैनौको सङ्क्रमणकालीन धङ्धङी।
विचारको तीव्रगामी उडानलेयथार्थको धावनमार्ग स्पर्श नगर्दैसुदूर भविष्ययात्राले मुकामतिरको मार्ग नपहिल्याउँदैगुराँस फूलेका आँखाहरू लोलाइसकेछन्उत्साही पाइलाहरू जकडिसकेछन् अन्धकारका नेलमातिमीले देखाएको आशाको गोरेटोखै त सडक बनेर हामीअधि उभिएको ?खाटा बसेको अतीतबेलाबेलामा यसै गरी बल्झन्छ उकुच पल्टेरकहिले तिमी बनेर, कहिले तिम्रै स्मृति बनेरयात्रामा खै कहाँ छुट्यौ तिमी, कसरी छुट्यौ, किन छुट्यौ ?प्रश्नैप्रश्नहरूका थुम्का उभिन्छन् आँखाअघितिमीसँगको नोस्टाल्जियाबाहेकएउटा जिन्दगी पनि छ मसँगदसकौँ अघि―हरिभक्त कटुवालले परिभाषित गरेजस्तै जिन्दगीहो, त्यही जिन्दगीलाई उकेरा लगाउँदै छुथाक्रो हाल्दै छु, गर्दै छु सिँचाइ।
बाँच्नुको एउटा अनुरक्तिलाईअझै फुकाल्न सकेको छैन मैलेसमय फेरिने आशा अझै त्याग्न सकेकेा छैन मैलेकल्पनामा आज पनिजीवनका सुन्दर बान्कीहरू बाँकी छन् मअघिबेलाबेलामा नोस्टोल्जिया बनेर बल्झन्छ―तिमीसँगको सुदूर स्मृति।
तिम्रै यादका आधार शिविरहरू टेक्दैम आज पनि उक्लिरहेछुजीवनको कष्टकर उकालो।