पर्खाइ

सधैँ देखिन्छन्―सँगै गाँसिए जस्ता लाग्ने बिजुलीका दुई खम्बानियालेर हेर्दा आश्चर्यले टोकिन्छ जिभ्रोत्यो सानो खम्बा एउटा बालकजस्तै लाग्छ।

आफ्नै लुगाका झ्यालहरूबाट―संसार चिहाइरहन्छन् उसका अङ्गहरूहरेक रात कोलम्बस सपनामा―ऊ खोजिरहन्छ भोक निरोधक औषधि

शिरमाथि गह्रौँ बोझ―विज्ञान र प्रविधिको, एक्काइसौँ शताब्दीकोबन्द, हड्ताल र जामहरूकोआन्दोलन, युद्ध र धोकाहरूको।

चिसा खोकिलाबाट निकालेर एक टुक्रा समयऊ पढ्छ― आफ्नै पर्यावरणसुकिला मान्छेहरूको ताँतीसँगैझुन्डिएर हिँडिरहेका साग र फलफूलका झोलाबाआमाका औँलामा पिङ खेल्दै हिँडेका―आफूजस्तै नानीहरूमोटरहरूको ताँती रोकेर दौडिरहेको सडकअनि अस्ताउनै लागेको एउटा सूर्य पर क्षितिजमा।

त्यहीँबाट देखेको छ उसले―राजतन्त्र विरुद्धको उन्नाइस दिने आन्दोलनर त्यहीँबाटै देखेको छ गणतन्त्रपछिको विजय जुलुस।

तर अझैसम्म पनि मरेको छैन―उसका आँखाको आदिम तिर्खा।