कहीँ नपुग्ने एउटा यात्रा

समय―सञ्चालित रोबोटहरूको एउटा हुलघेरा हाल्दै छ मान्छेलाईर भागिरहेछ मान्छे कुनै असफल प्रयासमामृत्युको अवश्यम्भावी घेरा तोड्नसँगै, निर्बाध घुमिरहेछन् मृत्युका दूतहरूआतङ्कको बुर्की छर्दै मान्छेका गाउँसहरमा।

लामा लामा पीडक सुसाइड नोटहरू छोडेरमन्दिर मन्दिरमा आत्महत्या गरिहेछन् ईश्वरहरूउठ्न सकेकै छैनन् तेत्तिस कोटी लासहरूतिन कोटि भक्तहरूबाटएउटा भयङ्कर प्रलयको प्रतीक्षामामान्छे मनाउँदै छन् सायद एउटा अन्तिम महोत्सव।

कता जान्छौ दाइ?मृत्युको भल त्यता पनि पसेको छ भर्खरैएउटा महाताण्डवको लालसा बोकेर।

फूलबारीहरू ब्ल्याकहोलमा अनुवाद भएका छन्देखिँदैनन् कतै घाम, जून र कुनै सुपरनोवाअन्धकारको एकच्छत्र साम्राज्यभित्रहुर्हुर जलिरहेछन् कानुनका दफा―उपदफाज्वालामुखीको लाभामा पौडिरहेछन्शान्ति सुरक्षाका फोस्सिलआतङ्कको विराट् सिम्फोनीमानृत्यमग्न छन्― टाउकोबिनाका शरीरसयमको विशाल पर्दामा चलिरहेछ एउटा हरर फिल्मर अँठ्याइरहेछन् छाँटछाँटका रोबोटमान्छेका कमजोर घाँटी।

यस्तै सपनाजस्तो एउटा यथार्थअथवा यथार्थजस्तो एउटा भयानक सपनालाई काँध हालेरआज पनि मान्छे हिँडिरहेछ एउटा यात्रा―कहीँ नपुग्नलाईकहीँ कहीँ कहीँ नपुग्नलाई।