मायाको याम

तिमीले प्रेमको प्रस्ताव राखेकै बेलाम सम्झँदै थिएँ―जाजरकोटमा मेरा आफन्तहरूलाईझाडापखालाले निलेको त्रासद परिदृश्यमाफ गर―मैले तिम्रो प्रस्तावमा प्रतिक्रिया जनाउनै भ्याइनँ।

तिमीले घुम्न जाऊँ भनेका बेलामेरा असङ्ख्य आफन्तहरूकोसीसँगै भेलमा बग्दै थिएमलाई लाग्यो―मृत्युहरूमा उत्सव मनाइँदैनतिमी नै भन―मैले सही गरेँ या गलत।

तिमीले सिनेमा जाने आग्रह गर्यौनमैले तराईमा भड्केको द्वन्द्व सम्झेँरेस्टुँरा जाने आग्रह गर्यौ्मैले पश्चिमतिर पहिरोमा गाउँ परेको सम्झेँतिमीले अन्तिमपटक भेट्न आऊ भन्दाम अपहरणपछि वीभत्स हत्या गरिएकाथुप्रै परिचितहरूको शोकमा रुँदै थिएँअनि तिमी टाढियौ सदाका लागि मबाट।

माया त म त्यस बेला पनि गर्थेँ तिमीलाईआकाश र धरतीभन्दा बढीबेहिसाब माया।

धेरै पछि मैले तिमीलाई माया गर्ने याम आउँदा पनिबगैँचामा एउटा सुन्दर फूल त हाँसेकै थियोनिःसन्देह त्यो फूल तिमी नै थियौफरक यत्ति हो―त्यो बगैँचा अर्कैको थियो।