उस्तै गाउँ

धेरै पछि गाउँ टेक्दा पनिस्वागतमा त्यही अतीत उपस्थित छ।

कान्लामा उस्तै उदासी फुलिरहेका टाँकीहरूपाखाभरि वेदना सुसाइरहेको सल्लेरीउस्तै आतङ्क ओढेका अनुहारहरूउदासीमा आकण्ठ डुबेका मनहरू।

उस्तै लाग्यो गाउँउस्तै छन् घरका छनाहरूउस्तै छन् आङका नानाहरूअनि उस्तै छन् जिन्दगीका तानावानाहरूअपूरा सपनाहरूको बिस्कुन लम्पसारै छ आँगनभरिफर्केका छैनन् सुखको आशा नासो सुम्पिएरमुगलान भासिएका तन्नेरी छोराछोरीगह्रौँ पाइलाले जिन्दगीको भारी बोक्दैअझै घाँसदाउरा गर्दै छन् सकिनसकी बाआमाहरूर पनि उनीहरूले अस्ताउन दिएका छैनन् अझैसुखका सपनाहरूलाई आँखाबाटचिनिसकेका छन् उनीहरूलेनाम नाम र आकार आकारका अभिवादन तेर्स्याउँदैचुनावताका गाउँ छिर्ने सुकिला मान्छेहरूलाई पनिसुदिन फर्कने असङ्ख्य सपनाको भेला डाकेरअझै पनि जिन्दगीको उकालो चढिरहेछन् मान्छेहरूजिन्दगीको ओरालो झरिरहेछन् मान्छेहरू।

धेरै पछि गाउँ टेक्दा पनिस्वागतमा त्यही अतीत उपस्थित छ।