लोदर लाग्यो काका

म मान्दिनँ काका–बिरालोले बाटो काट्दारित्तो गाग्री देखिँदाअथवाकुकुर रुँदा अलच्छिन लाग्छया बिग्रन्छ साइतयस्ता वाहियात कुरार पनि आज लोदर लाग्यो।

घाम नझुल्केको हैन समयमैचराहरूले गाउन बिर्सेका हैनन्एकाबिहानै पँधेरामा बजेकै हुन् दिदी भाउजूका चुरा पनिबुढा बाले उसै गरी पूजा गरेरतानेका हुन् तिलक चन्दनको सिमाना निधारको क्षितिजभरिधूपबत्ती गरेकै हुन् आमाले पनि छेउमा बसेर सँगसँगैर पनि लोदर लाग्यो काका !

आलस्यलाई शीतल हावाले उडाएको पनि ठिक सत्य होओच्छ्नमाथिको दलिनबाटगौथलीले हिजै मात्र बचेरा सकुशल उडाएको पनि उत्तिकै सत्य होहिजै साँझ भेटेको हो फ्रेस मुडमा–मन्दिरको पुजारी, मस्जिदको मौलबीर चर्चको पादरीलाई प्रसन्न मुद्रामारै पनि बिहान बिहानै लोदर लाग्यो काका !

एकाबिहानै सडक हिँड्दै थियो–एक हुल पाइतालाहरू काँध हालेर मसानघाटतिरउदासी चुहिरहेका अनुहार देखेर आत्तिएँ म त काका !ती एक एक अनुहार–कि तपाईँका थिए कि मेरालोदर लाग्यो काकासाँच्चै लोदर लाग्यो !