बन्द

यस्तरी पर्योप बन्दको चिट्ठा–उसको रामकहानी बन्द भो हेर्दाहेर्दै।

एकाएक पानी बन्द भोसास फेर्ने हावा नै उत्रियो धेरै पटक हड्तालमार पनि रमाए केटाकेटी–स्कुल जो बन्द भो तिनीहरूको।

बजार बन्द भो–बन्द भएन एक्काइस पत्तीको चौतारोसहर बन्द भो–बन्द भएन ज्यामी दाइको पेटको ज्वालादेशै बन्द भो–बन्द भएन नेताजीको बैठकको रमझम।

चकमन्न रातमा पनिफुर्सद पाइन सहरकी नगरबधूलेरोगी आमाको उदास अनुहार घुमाइरही आँखाभरिर बेचिरही आफ्नो जो भएको सम्पत्ति।बाबुआमाका सपना बोकेर सहर छिरेको युवकअबेरसम्म जुधिरह्यो न्युटनका ल अफ मोसनहरूसँग।

कार्यालय प्रमुख हाजिर ठोकेर निस्कियो दस बज्नुअघि नैर जमायो खाल साबिक अफिसकै सरकारी क्वार्टरमा।

ठिक त्यसै बेला–जिन्दगीको नियोन उज्यालो निभेको मौका छोपेरकसैले ह्याक गर्योज हाम्रा सपनाहरूर पनि खसेनन् आश्चर्यलेआँखाका गुच्चाहरू सडकभरि।

बन्दको उपहारसौजन्य स्वरूप जो पाइएको थियो।