रहर
ढुङ्गाका कलाकृतिमाचढाएर आस्थाका कोमल फूलहरूदैव खोज्ने रहर छैन अब।
धेरै भोगियो–बुढी औँलो गुरुदक्षिणा चढाउनेएकलव्य नियतिहनुमान्लेजस्तै छाती च्यातेरसकिएन कहिल्यै देखाउनसमयका क्रूर पीडाहरूको तस्बिर।अब बोल्नु छ धावादैवी खोल ओढेका सबै सबै काला अनुहारहरूमाथिप्रतिकूल समयका घातप्रतिघातहरूमाथिर परम्पराको नाममा आफैँले भिरेका अँध्यारा आस्थाहरूमाथि।
आज–अनास्थाहरू झ्याङ्गिएको बनमारा घारीफाँड्ने रहर जागेको छविभेद चुलिएको अघोरी पहाडभत्काउने रहर जागेको छघृणाहरू मात्र बग्नु नदी–नियति हो भनेवैमनस्यता मात्र फुल्नु फूलबारी यथार्थ हो भनेथुनिदिए हुन्छ नदीहरू–भैँसीहरूलाई आहाल बस्नआगो लगाइदिए हुन्छ फूलबारीहरूमा–सहअस्तित्वका चिउलाहरू उमार्न।
किन किन आज मलाईखुसीहरू फक्रिएका मान्छे अनुहार हेर्ने रहर जागेको छउत्साह समेटेर मान्छेतिरै बढेकामान्छे–पाइलाहरू हेर्ने रहर जागेको छर भत्काएर मान्छे–अवरोधमा ठडिएका हरेक पर्खालहरूआत्मीयताका नदीहरू बगाउने रहर जागेको छ।