एउटा आकाशको खोजी

मान्छेलाई समृद्धिको जून फुलेको आकाशमाआशाका तारा टिल्पिलाएको मन पर्छतर आजकल मान्छेमाथिको आकाशमाकाला बादलहरू साम्राज्य बिस्तार गरिरहेछन्।

भोक हारेर भागेको कुनै सुदूर लेकजस्तोअथवा मान्छेले आगो ओकलेकै रातधराशायी भएको कुनै तानासाहको महल जस्तोमान्छे पर्खिरहेछ आज पनिकाला बादलको प्रत्यागमनआफैमाथिको आकाशबाट।

सङ्कटग्रस्त विश्वासको मौन जुलुसआज पनि हिँड्छ गाउँका गोरेटाहरूमा हिजोजस्तैकोइली र काफल पाक्यो चराहरूउसैगरी पर्खिरहेछन् मान्छेका पदचाप रनवनमाचेलीका भाका हड्तालमा रहे झैँ सुनसान छन् वनपाखाछैनन् कतै प्रीतिका स्वरलहरीशब्दकोशमा सीमितशान्ति, समृद्धि र सद्भावजस्ता शब्दको लामखै! कहिले निस्कन्छ र हिँड्छ गाउँका सडकमापर्खिरहेका छन् मान्छेहरू।

असङ्ख्य प्रयोग प्रत्यारोपणबाट थिल्थिलिएको देशअझै खेप्दै छ―एकपछि अर्का प्रयोगहरूकै ‘मोन्सान्टो‘* शृङ्खलादेशजस्तो भएर रहन नसकेको देशमान्छेजस्तो भएर रहन नसकेको देशभित्रको मान्छेआफ्नै आँगनमा एकसाथ खेपिरहेका छन्―पीडा निर्वासनको।

समृद्धिको जून फुलेको आकाशमाआशाका तारा टिल्पिलाएको परिदृश्य हेर्नअझै आतुर छन् मान्छेआँखा

बदलामा अझै पनि दृष्टिचेतनाको क्षितिजभरिआफ्नो साम्राज्य बिस्तार गरिरहेछन्तिनै काला बादलहरू।