फेरि गाउँका कुरा

फेरि गाउँका कुरा गर्न मन लाग्यो।

खरको धुरी छिचोल्दै निस्केको धुँवाको बादलध्वाँसोको रोगनले कालाम्मे दलिनआत्मीयताले लछ्रप्प भिजेको मझेरीबारीको डिलमा झोक्राइरहेका दबदबे र गायोका रुखकाभ्रो, बडहर र सिन्दुरेका हाँगाभरि गीत गाउनेढुकुर, बाँसकटेरा र रुपीका बथानकान्लामा एकान्तको उदासी फुलिरहेको चुवाहलुका हावामा पनि भुइँ ढोगौँलाजस्तै नतमस्तक बाँसघारीयुगौँदेखि जीवनको नाममा―आफैलाई पोखिरहने चौतारोछेउको ढुङ्गेधाराहरेक अभ्यागतलाई शीतल हम्किरहनेलहरे वर र पीपलका कुरा गर्न मन लाग्योकवितामा एक पटक फेरि गाउँका कुरा गर्न मन लाग्यो।

माथि पाखामा राताम्मे उत्साह फुलेको धँगेरोसतिबयरका झ्याङबाट जिस्क्याउँने कोइलीसल्लाका पातमा चिप्लँदै बगेको नोस्टाल्जिक जिन्दगीभन्ज्याङमा खरको भारी बिसाएसँगैदृष्टिको परिसरभरि ओच्छिने कञ्चन हिमालधुकधुकीभरि राता गुराँस फुलाएरयुगौँदेखि मस्त निदाएका पाखापखेरा(थाहा छैन ब्युँझन्छन्/ब्युँझन्नन् कहिल्यै अज्ञानको आदिम निद्राबाट)एउटाबाट अर्को रुखमा फाल हाल्ने राता―सेता बाँदरका झुन्डनबुझिने भाका चिर्बिराउने अपरिचित चराको जमातमाथि डाँडाबाट देखिने खेतका फाँटहरू/बारीका पाटाहरूत्यतैबाट उकालो ओरालो लाग्ने जिन्दगीका बाटाहरूढुङ्गा र खरले छाएका घरहरूको एउटा कोलाजर साँच्चैका मान्छेका कुरा गर्न मन लाग्योकवितामा एक पटक फेरि गाउँका कुरा गर्न मन लाग्यो।

पोल्टामा मकैभट्मास र मुलाको साग बोकेरघाँसदाउरा गर्ने साथीसँगीमादलको तालमा छमछम नाचेकाकल्पनातीत आनन्दी क्षणको कुरा गर्न मन लाग्योआत्मीयताले स्वादिष्ट बनेको ढिडो र रोटीमेलापातको सहयात्रार स्मृतिभरि तँडाडमछाड गरिरहेकाथुप्रैथुप्रै गाउँबेसीका सन्दर्भहरूको कुरा गर्न मन लाग्यो।

र कवितामा फेरि एकपल्ट आजगाउँका कुरा गर्न मन लाग्यो।