समय चिन्तन

समय फुत्केर सिंहका क्रूर पञ्जाहरूबाटमौन आतङ्क मच्चाइरहेछ बस्तीमाहाहाकारको सिम्फोनी प्रिय सङ्गीत बनेको बेलामेरो राष्ट्रिय गीत पार्श्वमा समेत सुनिँदैन कहीँकतै।

घाम झुल्कन्छ र सुनाउँछ― वेदनाको स्वरलहरीहावा बहन्छ र फैलाउँछ― अनिष्टका खबरहरूआकाश रुन्छ र चुहाउँछ― आँसुको बलेसी।बिरुवामा लाग्दै लाग्दैनन्― आशाका चिचिलान त गाउँछन् कुनै चरा र खोलाहरूआस्था र उत्साहका गीतकहिले ब्युझन्छन् सपनाहरू बेहोसीको लामो निद्राबाटथाहा छैन !

सद्भावका पदचाप पर्खेर सुस्ताइरहेछन्बाटाहरू अनन्तदेखिआत्मीयताको गुन्जन कुरेर मुर्झाइरहेछन्बस्तीहरू अनादिदेखिसुसमयको आगमन आशामाधानिरहेछन् जीवन मान्छेहरू युगौँदेखि।झोलाभरि अनिश्चित भविष्य बोकेर स्कुल गएका नानीअपुरा सपना भिरेर अरब छिरेका छोराछोरीग्रिनकार्डको बदलामा जिन्दगीकै हरियाली बन्दकी राखेरसेतो हाँसु रोइरहेका आफन्तसबैसबैलाई हेरिरहेछ देश चुपचाप चुपचाप।

म सोच्दै छु―साँच्चै! देश मान्छे झैँ रुन सक्थ्यो भने―कत्रो हुन्थ्यो होला क्रन्दनको भोल्युमर कत्रो हुन्थ्यो होला आँसुको समुद्रको आयतन?