बस्तीको कथा
अत्यासको भारी बोकेर हिँडिरहन्छ समयदिनरात यसै बस्तीमा।
रगताम्मे छन् अखबारका पानास्तब्ध छन् टिभी स्त्रि्कनशोक धुनमा अभ्यस्त छन् रेडियोहरूउर्लेर पीडाको सुनामीगरिरहेछ वेदनाको रोगनबस्तीका क्यानभासहरूमा।सखारै निस्केको सपनाहरूको ताँतीकुन एम्बुसमा पर्योा थाहा छैनबाटो बिराएका आफन्तको पुनरागमनको आशाकहिले मेटियो मान्छेको मनबाट थाहा छैनथाहा छैन―कहिले रेटियो सुदिन आगमनको कामना मनबाटअनि थाहा छैन―कहिले हरायो एकाएक परेवाको बथान गगनबाट।
मान्छेसँग त मान्छेले दिएका घाउको पीडाबाहेक के छ र !समय पनि व्यथा नै बाँढिरहेछ सौगातको नाममाजीवन बाँच्नुको भ्रममायसै गरी सुस्केरा गाइरहेछन् मान्छेहरू।
लाग्छ―तम्तयार छ मान्छेभित्रको ज्वालामुखी विस्फोट हुनसमय पर्खिरहेछ चेतनाको अन्तिम आँधीनिर्णायक विद्रोहको धक्का सहँदै छ बस्ती।
बत्ती निभ्नुअघिको घनीभूत चमकजस्तैयति बेला यो बस्तीमहाप्रलयअघिको शान्तिमा निर्लिप्त छ।