गाउँको एउटा कविता
बेलीचमेलीका बोटमा ढकमक्क फुल्छन् सपनाअन्नका बालाबालामा सैसैला खेल्छन् जीवनका ताँतीसान्नानीका बैँसालु रहरले रन्कन्छन् पाखापखेराबेसीतिर खोलासँगै गाउँछन् साहिँलीहरू आशाका गीतर मग्मगाइरहन्छ गाउँमा―जीवनको एउटा रहरिलो सुगन्ध।
केही ससाना सपना छन् मान्छेकाजुठेल्नाछेउ आफै उमि्रएर फुलेको लालुपातेजस्तै रङगीनरहरहरूलाई शिखर टेकाउने ध्याउन्न छकेही मसिना खुसी आँगनछेउको गोदावरीसँगैउमि्रन्छन्, हुर्किन्छन् र फुल्छन् झपक्कआमा दिदी भाउजूको जमातइच्छाको घोषणापत्र जारी गर्छ ढिकीजाँतोमाउत्ताउला सोखहरूकहिल्यै तर्न सक्दैनन् गाउँपुछारको खोलाविसङगतिको बतास छिचोल्नै सक्दैनगाउँ―सिमानाको आकारहीन पर्खालतृष्णा र अतृप्तिका झुन्ड आउँछन्र फकिर्न्छन् गाउँको बाटैबाटर सुकिलो समय च्यापेर गाउँ हाँसिरहन्छ―सरलताको एउटा स्निग्ध मुस्कान।
एउटा रातो रोटी पूर्वी क्षितिजमा टाँगिएसँगैचल्मलाउँछ गाउँ कर्तव्यको बडेमान ढाकर बोकेरपहेँला किरणले गोधूलिमा लुकामारी खेलिसक्दा पनिफुर्सद चाहिँदैन गाउँलाईकि खुर्पे जूनलाई थाहा छ कि हर्के हजुरबालाई थाहा छ―दिन र रातका आलस्यहरू च्यात्दैकसरी अविराम हिँड्दै आएको छ गाउँ अनादिदेखि―र गुन्गुनाउँदै आएको छ एउटा अनन्त गीत―सृष्टि र सिर्जनाका नाममाशान्ति, सद्भाव र मान्छेहरूका नाममा।