देश

यतै उभ्याउनुपर्छ आत्मीयताको हिमालरोप्नुपर्छ सद्भावका पीपल र गुराँसहरूछेक्नुपर्छ मसिना खुसी टेक्दै हिँड्ने लबस्तरो समयलाई आजैर मनकै आधारशिलामा गाड्नुपर्छ―एउटा साझा झन्डा मैत्रीको।

आँसुले बगाउन नसक्ने दुःख छन् त के ?सुस्केराहरूमा नअटाउने पीडा छन् त के ?मरुभूमि हैन हृदय / हुनै सक्दैनत्यहीँ फुलाउँछौँ हज्जारौँ फूल विश्वासकात्यहीँ झुलाउँछौँ असङ्ख्य बाला समृद्धिकाअझै वेगवान् छन् उत्साही पाइलाहरूनाप्छौँ मेची―काली―तराई―हिमालर उन्छौँ निरन्तर मालाहरू एकताका।

ब्युँझँदै छन् भोक ओडेर निदाएका बस्तीहरूबौरिँदै छन् वेदनाले मूर्च्छित सहरहरूकलिलो घाम दौडँदै छ अन्धकार मझेरीतिरउदास अनुहारमा फक्रँदै छन्–चहकिलो आशाका सयपत्री कोपिलार कलेटी ओठहरूमा पिङ खेल्दै छअनादिदेखि हराएको प्राचीन मुस्कान।यतै कतै उभिएर स्वागत गर्नुपर्छहत्केलामा जून तारा बोकेर सुनसान आँगन टेक्न हिँडेकारङ्गीन पाइलाहरूको म्याराथनलाईयतै डाक्नुपर्छ एउटा भेला― सुकिला सपनाहरूकोर यतै खोज्नुपर्छ―समयक्रममा हराएको आशाको पिलपिले जुनकिरी।

त्यसो त यो हामी टुसाएको माटो पनि हो।