अँध्यारोका विरुद्ध
प्रश्नहरूका आँखाले एकोतार लखेटिरहेका बेलाम जीवनको भिरैभिर दौडिरहेछु।
आँखाभरि प्राचीन ब्ल्याक एन्ड ह्वाइट सपनार पाइलैपिच्छे मृत्यु बोकेरकलिला सपनाका कोपिला कुल्चिरहेछ समयएक आङ बासी घाम ओढेरउसै गरी सुस्केरा गाइरहेछ आस्थाको हिमालकामदेव आँखाहरू अझै पनि सुम्सुम्याइरहेछन्अर्धनग्न किशोरी―अवयवहरू बिच सडकमादुखका जुलुसहरू आइरहेछन् मौनता ओढेरदुखका जुलुसहरू गइरहेछन् मौनता ओढेर।
मध्याह्नमै हराएको छ शिरमाथिको सूर्य एक्कासिचोक―बजार―गाउँ―बस्तीदेखि मनसम्मै पोखिएको छ― अँध्यारोकेही देखिएको छैन अँध्यारोमा : अँध्यारोबाहेकसबै थोक हराएको छ अँध्यारोमा : अँध्यारोबाहेकत्यसै अँध्यारोभित्र कतै म खोजिरहेछु मान्छेअँध्यारोभित्रै कतै खोजिरहेछु देश।
अँध्यारोमा एक अँजुली हिमाली शुभ्रता ल्याएर खन्याउनु पर्नेछर्कनुपर्ने पर्ने एक टोकरी बिहानी किरणहरूअलिकति इन्द्रेणी उज्यालो मिसाएररङ्ग्याउनु पर्ने कालो अँध्यारोलाई उज्याला रङहरूले।
म हारगुहार गरिरहेछु― समयसँगविडम्बना! आजैदेखि समय सायद―अनिश्चितकालीन बिदामा बसेको छ।