तिमीलाई भनेर

प्रेम गर्नुको अर्थमास्वच्छ आकाशको नीलाभ―मैले तिम्रो नाममा लेखिदिएको छु आज।

उक्लेर जिन्दगीका उकालीहरूओर्लेर जिन्दगीका ओरालीहरूधेरै खेलियो बाँच्ने खेल जिन्दगीमाउक्लेर उकालो, शिखर टेक्दा पनि तिमी भेटियौओर्लेर ओरालो, फेदी पुग्दा पनि तिमी नै भेटियौतिमीसँगको सहयात्रा बाहेक सारा इच्छाहरू रेटिदिएको छुधरतीको सारा हरियाली पनि मैले―तिम्रै नाममा लेखिदिएको छु।

कस्तरी बस्यौ आँखामा तिमी ?राता गुलाबहरू मात्र छन् दृष्टिको सीमान्तभरिकस्तरी आयौ जीवनमा तिमी?आशाका किरण मात्र छन् आगतका गोरेटाभरितिम्रो सामीप्यमा दुई पल बाँचेरयुगौँयुग बाँच्ने तृष्णा मेटिदिएको छुर त देखौँ सपना समेत तिम्रै आँखाले भनेरआफ्ना सारा सपना पनि आजमैले तिम्रै नाममा लेखिदिएको छु।