बग्दै बग्दै खलङ्गा

म देशभित्रैको अनागरिकहरेक साल बाध्य छु– महाकालीसँगै खलङ्गा बग्नविवश छु टनकपुर बग्नडुबेर चाँदनी दोधाराम खोजिरहेछु मेरो माटो मेरो धरालत।

त्यसो त नागरिकता नामको जिनिस नभएको हैन मसँगआफ्नै अभिभावकलाई छिमेकीले सम्पन्नतासँग साटेपछिम रनभुल्ल छुहिजोसम्म मार्क्स र माओ गाउने मेरा बाकिन आज हरिकीर्तनमा लीन छन्कुर्सीमा बसेदेखि मेरा दाजुको शब्दकोशबाटकसरी एकाएक बसाइँ सरे‘विस्तारवाद‘,‘साम्राज्यवाद‘ जस्ता शब्दहरूनत्र किन देख्दैनन् ती पारिघरेले पोखरीको पानी छोड्दामेरो घरखेत बगेको बालबच्चा बगेकोकिन देख्दैनन् दिनदहाडै मैले लगाएकोमेरै खेतबारीको अन्न लुटिएकोपरचक्री पाइलाले मेरो आँगनमा डिस्को नाच्दाकिन पर्दापछाडिबाट ताली पिट्छन्―मेरै आफन्त भनाउँदाहरू ?

म आश्चर्यमा परेको छु।र त देशभित्रैको अनागरिक महरेक साल महाकालीसँगै खलङ्गा बगिरहेछु बाध्यतामाविवशतासँगै बगिरहेछु टनकपुरघाँटी घाँटी डुबेर चाँदनी दोधारामाम खोजिरहेछु मेरो माटो, खोजिरहेछु मेरो धरालत।