म हराएको सूचना
छेउमै उभिएरमैले आफूलाई निकै बेर खोजेँ तिमीभित्रवरिपरि उत्साह उभिएका रुखहरूमझेरीभरि पोखिएको गाउँको प्रेमिल सुगन्धमाथिबाट आँखाका ढकनी च्यातेरआश्चर्य चिहाइरहेका बुट्टेदार बादलर एकान्तमाथि आक्रमण गर्दै कविता गरिरहेका कविहरूहो, त्यति बेला पनि म आफैलाई खोज्दै थिएँ।
क्रमशः च्यातिँदै थियो निस्तब्धताबोल्न बोल्न खोज्दै थिए रुखहरूउभिन उभिन लाग्दै थियो आकारको आकृतिजीवनको मधुर लय सुलेल्नलालायित थिए पत्थरहरू।
बिस्तारै घस्रँदो घाममाअनुहार फेर्दै थियो– छट्टु बादलबेआबाज हिँडिरहेथ्यो जीवनछिना र हतौडीहरूको प्रेमपूर्ण आक्रमण बिचएक्कासि मुस्कुरायौ तिमीसँगै त थिएँ म पनि छेउमै।
एकैचोटि खसे बादलबाट फूलहरूर समवेत गाउन थाले रुखहरू वरिपरिबाट–
ए कवि!कविता खोज्न कतै टाढा जानु पर्दैन।