असहज यात्रा

हामी सजिलै यहाँ आइपुगेका होइनौँ।

निराशाहरूलाई भत्काउँदै हिँड्यौँआँसुहरूलाई कुल्चिँदै हिँड्यौँहत्केलाभरि आशाका गुराँस फुलाएर हिँड्यौँमाटोभरि आस्था फलाएर हिँड्यौँअवरोधहरूलाई नाघेर हिँड्यौँअनास्थाहरूलाई लत्याएर हिँड्यौँ

हामी सजिलै यहाँ आइपुगेका होइनौँ।

अघोरी पहाडहरूलाई झुक्याएर हिँड्यौँकाउसोका लोलाहरू पन्छाएर हिँड्यौँबेथितिहरूलाई उछिनेर हिँड्यौँअकर्मण्यताहरूलाई उधिनेर हिँड्यौँसेता हात्तीहरूलाई धपाएर हिँड्यौनिरङ्कुशताहरूलाई चपाएर हिँड्यौँ

हामी सजिलै यहाँ आइपुगेका होइनौँ।

र पनि रोकिएको छ हाम्रो यात्रा यति बेलाआफैसँग अविश्वास गर्दै छौँ हामीस्वार्थको खाडलतिर झर्दै छौँ हामीलाचार र निरीह भएरआफैसँग खोसेर अर्काले आफैतिर फ्याँकेकाजुठा अन्नका दानाभोकाएका चल्ला झैँ चर्दै छौँ हामी।

र पनि यात्रा त हिँड्नै छ फेरिर पनि विसङ्गतिहरू गिँड्नै छ फेरिसमय चाल मारेर लिँदै छ हाम्रो सहनशक्तिको परीक्षासयम भड्काउँदै छ हामीलाई हाम्रै विरुद्धमाउभिन खोज्दै छ विभेदको खाडल भएर समय हाम्रै अघि।

अब चिन्नु छ समयका कुटिल गोटी चालहरू चनाखो भएरछाम्नु छ इतिहासका पाइलाहरूको पदचापसम्झनु छ हामीले छिचोलेको कष्टपूर्ण बाटोब्युँझाउनु छ समयले पाइतालामा दागेका घाउहरू।

भुल्नुहुन्नअसहज नै हो यहाँसम्मको यात्राहामी सजिलै यहाँ आइपुगेका होइनौँ।