एउटा प्रश्न

आँसुका भेलहरूमा पाइला डग्मगमएनन् भनेअवरोधका अघोरी पहाडले बाटो छेकेनन् भनेआउँछु भन्थ्यौ तिमीत्यति बेला पनि तिम्रो छातीभित्रको एउटा सुदूर फ्ल्याटमाडर भन्ने वस्तुले निःशुल्क डेरा जमाएकै थियो।

झार्दै–बटुल्दै आफ्नै पोल्टाबाटविश्वासका मसिना कोपिलाहरूसमयका कति जँघारहरू तर्यौ तिमीलेसमस्याका कति यात्राहरू छिचोल्यौ तिमीलेपुगिन्छ–पुगिन्न गन्तव्यमातिम्रो चेतनाको भित्री कुनातिर कतैझ्याङ्गिएकै थियो शङ्काको एउटा लहरा

साहसको फाटक उघारेर सङ्घर्षको जङ्गल छिरेपछिमैले त फाटकबाहिरै छोडेँ डरका सबै जन्जालहरूज्ञात प्रदेशको उकालो काटेर अज्ञात प्रदेशको ओरालो झर्नुअघिमैले त भन्ज्याङमै छोडेँ शङ्काका सबै सबै शृङ्खलाहरूयात्रा दुःसाध्य थियोतर मैले जितेँ अविजित जस्ता पीडाहरूलाई।

ऐश्वर्यतर्फको तिम्रो यात्राविपुल सम्पन्नताको आँगनसम्म पुग्योर टुङ्गियो पनिम त हिँडेकै छु अझै–तिनै दुखहरूसँग/तिनै आँसुहरूसँग

मलाई त दुख नहुँदाजीवन छैन कि जस्तो लाग्छमलाई त आँसु नहुँदाम आफै छैन कि जस्तो लाग्छ

जितेरै छोड्छु दुखहरूलाई एक दिनपराजित गरेरै छोड्छु आँसुहरूलाई एक दिनम त यसै भनेर हिँडेको छु आजसम्म

सुखले तिमीलाई जित्यो भनेखुसीहरूले तिमीलाई कैदी बनाए भनेमलाई डर लाग्छ–भन मित्र !त्यस बेला तिमी के गर्छौ?