मान्छे र देश

भीषण युद्ध मैदानमाअधमरो छट्पटाइरहेकोएउटा मात्र योद्धालेलासैलासको बिस्कुन बिचबाटबिस्तारै टाउको उठाएरपर परसम्म मान्छेको याचना गरेजस्तैअथवाशत्रुको आक्रमणको प्रत्याक्रमणमाआफ्नो पुच्छर छोडेर भागेकोबिरुप माउसुलीजस्तैएउटा : अधमरो योद्धा रोइरहेछ देशएउटा : आर्त याचना गाइरहेछ देशर गरिरहेछ शत्रुकोप्रत्याक्रमणआफ्नै शरीरका अङ्गहरू गुमाएर।

हिजो―घँसिनी दिदीका भारीमाथि मुस्कुराउने देशगोठाला दाइका भाकाहरूका सुसेली हाल्ने देशएकैछिन सुस्ताएर भन्ज्याङ र देउरालीतिरकहिले लेकतिर उक्लिने देशहिले बेसीतिर ओर्लने देश

आज―समय―सतीदेवीको लास बनेर लादिएको छ मान्छेका काँधमाकुहेर खसिरहेछन् अङ्गहरूतर बनेका छैनन् कुनै शक्तिपीठ कतैर रहेका छैनन् कुनै महादेव कतैकथित शिवशक्ति स्वरुपले।

सायद समय यति बेलामान्छे–चेतनामा बाण हान्नेएउटा अर्को कामदेव खोजिरहेछ।