सधैँ सधैँ उल्टो बग्यो समयको गति
सधैँ सधैँ उल्टो बग्यो समयको गति
केवल हाँसो छैन यहाँ आँसु कति कति
माया गर्ने बाहनामा मुटु छियाछिया भयो
यात्राबीच एक्लो पारी मन मिल्ने साथी गयो
किन यस्तो हुन्छ कुन्नि मानिसको मति
केवल हाँसो छैन यहाँ आँसु कति कति
जति दुख गर्दा पनि सारङ्गीको रीत भयो
आफ्नै व्यथा आफ्नै कथा मुटु छुने गीत भयो
वेदनाकै भारी देऊ अझै सकेजति
केवल हाँसो छैन यहाँ आँसु कतिकति।