Skip to main content

बिस्तारै आयौ जीवनमा मेरो

बिस्तारै आयौ जीवनमा मेरो बिहानी बनेर
हरायौ किन बिर्सेको कुनै कहानी बनेर
 
चल्दछ हावा उड्दछ पात हरायो वसन्त
आँसुको भेल नयनबाट बग्दछ अनन्त
 
पलाँस फूल न कतै चलेँ न झर्न सकेँ म
यादमा तिम्रो न बाँच्न सकेँ न मर्न सकेँ म
 
नदेऊ धोका हे दैव बरु जन्म नै नदेऊ
जिउँदै मारी हरेक पल यो प्राण नलेऊ।