Skip to main content

माटो रोयो, ढुङ्गा रोयो

माटो रोयो, ढुङ्गा रोयो, रोयो वनपाखा
मेरै रुवाइ चोरी हाल्यो न्याउलीले भाका
 
विरानो भो आफ्नै आँगन तिमी गएपछि
आँखैअघि पराइकी तिमी भएपछि
बगिरहन्छ आँसुधारा रोकिँदैनन् आँखा
मेरै रुवाइ चोरी हाल्यो न्याउलीले भाका
 
शून्यशून्य संसारमा बस्छु छट्पटाई
दया गरी बरु दैव उठाइदे न मलाई
व्यथाहरू धपाउने छैन कुनै नाका
मेरै रुवाइ चोरी हाल्यो न्याउलीले भाका