त्रासद वर्तमान

कहालिएका मान्छेहरूखडेरी प्रदेशबाटै बगाउन खोजिरहेछन्आत्मीयताका नदीहरूखसे हुने होकिन खस्तैन सूर्य खै !असारे झरीजस्तैखै किन बर्सँदैनन् आकाशबाट ताराहरू ?पाइला पाइलामा अनुहार फेरेरनग्न नृत्य देखाउँछ बुढो समययात्रा फेरि पनि रोकिएको छैनमान्छे नामको ताम्रपत्र छातीमा टाँसेरहिँडेकै छ मान्छे यात्रामाछेकारा तेर्सिएर उभिन खोज्छन्यात्रापथमा निर्लज्जसमयको चेपबाट चिहाइरहन्छ दुन्दुभि।

एक मन लाग्छखडेरी परोस् खग्रासर सुकून् सारा ताल, नदी, हिमनदी, सागर, महासागरदिग्विजयी मान्छेविज्ञान र विश्वासले फेरि पनि अवश्य खोज्ने छजीवनका असङ्ख्य सम्भावनाहरू।

समयको अविजेय रफ्तारटेक्दै दगुरिरहेछमान्छे मनको परिसरडोबहरू छैनन् यात्रामारगतका छिर्काहरू खित्खिताइरहेछन्हाम्रै टेलिभिजनको समाचारजस्तोहाँसो लेपन गरिएका अनुहारविकृत हाँसिरहेछन् समयका पर्दाभरि।

मान्छेको भित्री देखिने ऐनाहरूखै कहिले आविष्कृत हुन्छन् हेरौँ !अतृप्तिका निर्जन पहराहरूबाटससाना धँगेरीका राता फूल टिपेरमाला उन्ने आत्मीय रुखहरूअझै पर्खिरहेछन्।

समय उल्टो बगेपछिबस्तीहरूमा खैलाबैला हुन्छबन्दुकको भुकाइमाछम्... छम्... छम्...नाच्छ मान्छेएउटी कुशल नृत्याङ्गना झैँबमगोलाको उत्सवमाविष्फोटका रङहरू मिसिन्छन्विध्वंससृष्टि सशरीर उपस्थित हुन्छर गर्भाधान गर्छकलिला पोथ्राहरूमारुखहरूमा विषाद झ्याङ्गिन्छन्सुस्केरा फुल्छन्र मृत्यु फलेर भित्रिन्छन्बस्ती बस्तीमासंहारको ताण्डव आयोजनामाकम्पायमान हुन्छ बस्ती मानौँ आनन्दातिरेकलेरेटेर लोग्नेका घाँटीहरूजङ्गली ब्वाँसाहरूसँग सहवास गर्छन् स्वास्नीहरू।

रातो राम्रो हुन्छ भनेरगत झन् राम्रो हुनुपर्नेशान्तिमा सौन्दर्य हुन्छ भनेकिन फुल्दैनन् फूलहरू मसानमा?मान्छेसँग भयभीतहिंस्रक जङ्गली सिंहहरूमान्छेसँगै सोधिरहेछन्प्रश्नहरू बारम्बार।

विश्वासमा पहिरो भएर भत्केको छ मान्छेखोलामा रगतको भेल भएर बगेको छरेटेर आस्थाका आँकुराहरूवीरताको गौरवबोध गरिरहेछ मान्छे आजहरेकपल्ट झस्कन्छु ऐना हेर्दाभत्केका आकृतिहरूमान्छे भएर टाँसिन्छन् अनुहारभरिमलाई आफ्नै आकृति पनि मान्छेजस्तो लाग्छ।यस्तो लाग्छ म भत्केको छुभत्केका हामी छौँसमग्र मान्छे भत्केको छ ऐनामाअज्ञात भयका बिरुवाहरू उम्रँदा रहेछन्आफै भत्केको दारुण दृश्य देख्दा ऐनामामान्छे भत्कनु भनेकोमन भत्कनु पनि रहेछआस्था अनि आशाहरू भत्कनु पनि रहेछसमग्रता भत्कनु पनि रहेछ।

बाढीले सोहोरेर लगेका आकाङ्क्षाहरूक्रमशः क्रमशः बगिरहेछन्झरिरहेछन् अज्ञात प्रदेशतिरयति बेलाबाटो नपाएर अवरुद्ध छ रहरहरूको ताँतीजिन्दावाद छैनन्। छैनन् मुर्दावादहरूबेजान लासजस्तो निरीह लम्पसार छ समयफुल्नु पर्ने हो, फूलहरू फुलेका छैनन्उम्रेका छैनन् टारबारीभरि रोपेकाआशाका फसल। आस्थाका फसलआत्मीयताको खडेरी छ सर्वत्रमान्छे मान्छेजस्तो छैन / समय समयजस्तो छैनसमय र मान्छे आश्चर्य चकित छन्एक अर्कालाई देखेर।

बेखबर समयबेखबर मान्छेआफ्नै कहालीलाग्दो पीडाका खबरले भरिएकाअखबारहरू ओसार्छन्। पढ्छन्। रुन्छन्। हाँस्छन्बस्तीमाथिको आकाशमागिद्धहरूको बादलभित्र हराएको छ एउटा बिरामी सूर्यबेलाबेलामा आतङ्क बाहेकअहँ, बर्सन्न केही बस्तीमाआँगनमा रक्तपिपासु गोहीहरूको परेड छबज्रेका छन् बुटहरू साङ्गीतिक लयमाघन्किरहेछ बन्दुकहरूको राष्ट्रिय गानर दौडिरहेछन् अज्ञात भयका लहरहरूबस्तीका सडक र गल्लीहरूमाबल्ल छाएको छ शान्ति... गाउँमा... ... बस्तीमा... ... ... देशमानिस्तब्ध शान्ति। निर्जीव शान्ति।

आतङ्कित मान्छेहरू चिच्याउछन्ए सुन !ए सुन !!ए सुन !!!हामीले खोजेको शान्ति त्यो होइनहामीलाई मान्छेपीडासँगै बोलेको शान्ति चाहिन्छहामीलाई मान्छेमुस्कानसँगै हाँसेको शान्ति चाहिन्छ।

सधैँसधैँ रोग, भोक र अशिक्षाका कुरासधैँसधैँ अभाव, गरिबी र भोकमरीका कुरा... सधैँ यातनाका कुरा... ... सधैँ आतङ्का कुरा... ... ... सधैँ मृत्युका कुरा... ... ... ... सन्त्रासका कुरा।

के हामीले देशका बारेमा सोच्नु पर्दैन ?जीवनका बारेमा सोच्नु पर्दैन ??मान्छेका बारेमा सोच्नु पर्दैन ???

असङ्ख्य अनुत्तरित प्रश्नहरूको शिविरमा उभिएरम हेरिरहेछुहामी हेरिरहेछौँत्रासद वर्तमानका रङ्गीन संस्करणहरूक्रमश:निस्किरहेछन्...निस्किरहेछन्... ...।