एउटा नारा मान्छे : जिन्दावाद
प्रस्थानको बिन्दु छोडेपछिउकाली आउँछन्ओराली आउँछन्समथर मैदान र डरलाग्दा भिरहरूछिचोल्नुको अर्को नाममानौँ जिन्दगी हो !त्यसैले पनिएउटा यात्राको नाम पाएको छजिन्दगीले।
जिन्दगी निर्द्वन्द्व छैनर सायद हुँदैन यात्रा पनिसंवेदित/असंवेदित मनहरूको जमातसृष्टिको आदिकालदेखि नैद्वन्द्वैद्वन्द्वको एउटा महायात्राहिँडिरहेछ ... हिँडिरहेछअनादिको गन्तव्यतर्फ।
जिन्दगीएउटा अजस्र बहाव नै त हो !बग्नुकै एउटा महाभियानकाअथक उपासक हामीबगेर... अलिकता मायाको नाममा... ... अलिकता भावनाको नाममा... ... ... अलिकता आस्था/अनास्था... ... ... ... अलिकता शङ्का/उपशङ्का... ... ... ... ... अतिकता अस्तित्व/अनस्तित्वर समग्र जीवनको नाममाअसरल्ल छरिदिन्छौँ हामी जिन्दगीअस्तित्व नामेट हुन्छतैपनि बाँचिरहन्छ हाम्रो छविसुकृतिका मसिना आँखीझ्याल बाहिरकोउज्यालो संसारमासदासदाका लागि ...।
संसर्गको एउटा सुरम्य फूलबारीजहाँ हरेक प्रयत्नहरूमारोपिन्छ 'जीवन' नामको एउटा सुन्दर फूलधैर्यसाथ मालीहरूहुर्काउँछन् फूलहरूपुष्पित फूलको सुवासमाबिर्सन्छन् आफ्ना व्यथाका कथाहरूफूल ओइलाउँछ/झर्छर सँगै झर्छन् मालीका बैँसहरूसान्त्वनाका शब्दहरूनश्वरताको कुरा गर्छन्क्षणभङ्गुरताको कुरा गर्छन्कठै !मनको बाँधकहाँ पो बाँधिन्थ्यो र !वेदनाका लहरहरूपरेलीका साँध नाँघ्छन्र समवेत मिसिन्छन्दुखको उत्ताल समुद्रमार त जिन्दगी यात्राजस्तो लाग्छयात्रा जिन्दगीजस्तो लाग्छ।
सम्भावनाका गोरेटाहरूमा मलाईआशाका लहरहरू तरङ्गित भएको मन पर्छसृष्टिका रहरहरू उमङ्गित भएको मन पर्छपाइलापाइलामानिबिड अन्धकार बाँचेरकुनै निराशाका सीमातीत प्रदेशहरूमाशासन गर्नु छैन मलाईहरेक विध्वंसहरूको केन्द्रमाएउटा सुन्दर फूल खोज्छु मआशाको फूल। आस्थाको फूल।
मलाई बगर मन पर्छखस्रा मान्छेपाइतालाहरूलेमौन चुम्बन गरेका थिए बगरलाई पटकपटकबगर जो हरियो हाँसेरजीवन हुर्काउँथ्यो आलीहरूमाबगर बन्नु कदापि रहर हुन सक्दैन बगरकोअनिच्छित समयको एउटा कहालीलाग्दो पाटोभयङ्कर बाढीले सोहोरिएरजीवन पनि बगर बन्न सक्छयस्तै लाग्छम क्रमशः अनुवाद हुँदै छु बगरमासम्भावनाका ससाना खोल्साहरूबाटआशाको कुलो जोड्दै छु मेरो बगरसम्मयस्तो लाग्दै छबगरहरू फूल फुलाउने तयारीमा छन्यति बेला मेरो प्रयासबगरलाई जीवन तुल्याउनेभगीरथ प्रयत्नमा जुटेको छ।
बाँच्नुको नाममाउभ्याएर एकपछि अर्का अभिमानका पहाडहरूअग्लिएको अनुभव गर्न चाहन्नँ मगहिरिएर व्यथाका अथाह सागरहरूमाबोधको स्वधोषित गर्व पनि गर्न चाहन्नँमलाई मान्छेहत्केलामामैत्री फुलेको फूलबारी मन पर्छमान्छेअनुहारमाएउटा लयदार मुस्कानर कलिलो शान्ति मुस्कुराएकोसौन्दर्य मन पर्छ।
भन्नेहरूले भनेका छन्/नभनेका हैनन्आदर्शको सीमा दुर्लङ्घ्य हुन्छजीवन व्यवहारको कुरुक्षेत्रमासारा आदर्शहरू धुलिन्छन्धमिराले खाएका सिमलका काठहरूजस्तैसबै सिद्धान्तहरू भत्किन्छन्पहिरो गएको पहाडजस्तैतर पनि किन किनमलाई धमिराले धुल्याएका काठहरूभित्रअनन्त कलाको सिर्जना गर्न मन छभत्किएका सिद्धान्तहरूभित्रैबाँकी जीवनको वृक्षरोपण गर्न मन छ।
तिम्रा आँखाले यसलाई धृष्टता देख्न सक्छदेखोस्सिसिफस उपक्रम भन्न सक्छभनोस्म त कर्ममा आस्था राख्ने मान्छेविश्वासमै सबैथोक देख्ने मान्छेढुङ्गामा खेती गरेर पनिप्राप्तिको आशा राख्ने मान्छे मतिम्रो हेराइमा मूर्ख पनि देखिन्छु होलात्यही सहीम अझै गुलाफ रोपिरहेछुसम्भावनाका बगरहरूमा।
धेरै लेखियो कविताको नाममाजिन्दगीको दुर्दान्त पीडाचाहेर नचाहेरभोग्नु र देख्नुमा एउटाठुलो अन्तराल हुँदोरहेछनिक्कै ठुलो अन्तरालझन्डै धरती र आकाशजस्तो अन्तरालवा भनौँआकाश र धरतीजस्तो अन्तराल।
भाग्नुको अथक उपक्रम गर्दा पनिखै कहिल्यै टाढा जान सकिने रहेनछ मान्छेबाटमलाई निर्माण गर्न पनि मान्छे नै आयोर भत्काउन पनियत्ति न होभलै मलाई मान्छेलेबनाएको र भत्काएकोमा फरक लागेनबनाउनु र भत्काउनु एउटै भएपछिसबै आफन्त पो हुन्छन् कि क्या हो?
आत्मीयता उमार्न खोजेकै हो मैलेमनका करेसा वरिपरिसद्भावको कुलो खनेकै होमनदेखि मनसम्मगाएकै हो गीत बनाएरमान्छेलाई नै गला भरिभरिरमाएकै हो / रोएकै होमान्छेकै हर्ष र विस्मातहरूमाएक्लै नै सहीमान्छेसँगै हिँड्न खोज्दै छु अझै पनि।
खै किन हो जिन्दगीको निस्सारतामाधक खोलेर रुन मन लागेन मलाई कहिल्यैजीवनको निरर्थकतामाहीनता पाल्न पनि मन लागेनसधैँसधैँ निस्सारताभित्रैसार खोज्न मन लागिरह्योवेदनाको ढुङ्गे छाती फुटाएरसुखै सुख खोज्न मन लागिरह्यो।
चासो छैनके पाइयो र गुमाइयोसबै सबै बाँच्ने अनुक्रमहरूको बदलामाउभिँदा ऐनाअघि नझरोस् गुँरास आँखाबाटमान्छेअघि उभिँदा मुस्कुराउन् फूलहरूयत्ति हो।
आऊन् मान्छेघृणाका भँगालाहरू कति आउँछन्मेरो आँगनतिरबर्सून् अपमानका भदौरे झरीहरू कति बर्सन्छन्मेरो धुरीमाथिउठून् मुर्दावादमा कति उठ्छन् मुट्ठीहरूमेरो विरुद्धमामैले त सधैँ प्रेमका भँगालाहरू बगाउन खोजेको छुसम्मानका बादलहरू बर्साउन खोजेको छुर सधैँसधैँ हातहरूजिन्दावादमा उठाउन खोजेको छु।
र निरन्तर नारा लगाउन चाहन्छु मपृथ्वी : जिन्दावाद !देश : जिन्दावाद !प्रेम : जिन्दावाद !मानवता : जिन्दावाद !र मेरो कविताको अन्तिम नारामान्छे : जिन्दावाद ! जिन्दावाद !! जिन्दावाद !!!