मान्छे कविता

फेरेर अनुहारको आवरण दिनदिनैकुरूप रूप परिवर्तन गर्न खोजे पनिकलुषित मनबाट गङ्गा बग्न नसक्नुको अर्को नाम मान्छे।

खसेर आफ्नै आँखाबाट पाताल धसिसक्दा पनिमाथि उठ्न खोज्नुको एउटा अथक उपक्रम मान्छेमान्छेकै विश्वास जित्ने होडबाजीमागुमाएर रहेबचेको खिनौरो विश्वासदारिद्र्य विज्ञापन टाँसेर छातीभरिहिँडिरहेछ आजको मान्छे।

प्रत्येक दिन हत्या गरेर एउटा उत्साही बिहानकोफेरि अर्को बिहानको निर्विकल्प प्रतीक्षा हो मान्छेआस्थाको एउटा कहिल्यै ननिभ्ने राँको बोकेरबस्ती पसेको मान्छे अहँ, फर्केन आजसम्म।

मान्छेकै बस्तीमा हराएको छ मान्छे आजऊ मान्छे खोज्न निस्केको छमान्छे तपाइँकहाँ भेटियोस्। भेटिनै पर्छमान्छे सर्वत्र देखियोस्। देखिनै पर्छऊ मान्छे भेट्न निस्केको छऊ मान्छे हेर्न हिँडेको छ आज।

सहरबजारमा सुस्केरा छन् मान्छे छैनगाउँबस्तीमा आर्तनाद छन् मान्छे छैनमान्छेमै पनि खुब खोज्यो मान्छे उसलेमान्छेमा अविश्वासका डङ्गुरहरू छन् मान्छे छैन।

आफै हराएर मान्छेले मान्छे खोज्न थालेपछिमान्छेबाहेक सबै मान्छेजस्ताा देखिँदा रहेछन्।

स्वजातिलासमा पाइला टेकेरविजयले मातेका मान्छे पनि छन् बस्तीमामान्छेकै नाममा जीवन खर्चेरदेवता बन्ने मान्छे पनि छन् बस्तीमा।

उसको आस्थाको मान्छे आजनिर्घात चुटिएको छ समयद्वाराउसको विश्वासको मान्छे आजमान्छे हुनुको बोधदेखि टाढिएको छ।

अब पर्खालहरू भत्किनुपर्छमान्छेलाई छेकेर उभिएका पर्खालहरूअब विचारहरू फेरिनुपर्छमान्छेलाई मान्छे रहन नदिने विचारहरू।

उसले मान्छेलाई मान्छे बन्न अनुरोध गरेका थियोमान्छे देवता बन्न खोज्योर दानव बन्योपटकपटक मान्छेभन्दा अर्कै केही हुने लालसामाभत्किरह्यो मान्छे क्रमशः। अझै भत्किरहेछ।

हरेक बिहान उदासी पोतिएको अनुहार देखिन्छ,मान्छे देखिन्नहरेक साँझ धोखा टाँसिएको कुटिल हाँसो देखिन्छमान्छे देखिन्न।

ऊ कामना गर्छ हरेक बिहानघामसँगै उदाओस् मान्छेर नअस्ताओस् कहिल्यैहामी कामना गर्छौँ हरेक साँझजूनसँगै उदाओस् मान्छेर नअस्ताओस् कहिल्यै।

आशाको अनन्त क्षितिज मान्छेआस्थाको सिङ्गो आकाश मान्छेविश्वासको विशाल ब्रह्माण्ड मान्छेक्रमशः साँघुरिएर सानोअझ सानो हुँदै गएको छमान्छे चुलिएर आकाश छोएको हेर्न चाहन्छौँ हामीमान्छे भासिएर पाताल गाडिन थालेको छमान्छे जिन्दावाद ! का नाराहरू घन्कनुपर्ने होमान्छे मुर्दावाद ! को कोकोहोलो मच्चिरहेछ बस्तीभरिमान्छेको पक्षमा उभिनुपर्ने मान्छेमान्छेको विपक्षमा उभिरहेछ संसारभरिकति रोप्छ अझै विषदका बिरुवा मान्छे आफूमा?विरोधमा चुनौती भएर उभिनुपर्ने औँलाहरूविद्रोहमा मुठ्ठी भएर ठडिनुपर्ने मुट्ठीहरूनमस्कारमुद्रामा लाचारी हाँसिरहेछन्।

स्वस्वार्थमा अरूलाई रित्याउने पनि छन् मान्छेपरस्वार्थमा आफै रित्तिने पनि छन् मान्छेपरिचयको अग्लो हिमाल उभ्याएर छातीमाअचिनारु झैँ हिँड्छ मान्छे सडक सडकमान्छे फैलियोस् पीपलका हाँगाहरूजस्तैर बाँढोस् निशुल्क शीतल छहारीहरूमान्छे मौलाओस् / झ्याङ्गिओस् दुबोजस्तैर कोमलता ओच्छिरहोस्पाइताला पाइतालाहरूको नाममा।

बस्तीको अन्धकार च्यात्नजुन्किरी बनेर अघि बढ्न खोज्यो मान्छेकाला पहाडहरू उभिएनन् तरबार लिएर मान्छेको बाटो छेक्नतर मान्छे उभियोनिख्लाम सुकेका कण्ठहरूमा सिंचाइ गर्नशीतल जल बनेर बग्यो मान्छेहिमाल र वसन्तले स्पर्शित गरे मान्छेलाईतर पानीमा दूषित कीटाणु बनेर मिसियो मान्छे।आत्मीयता विनिमयको उत्कण्ठालेमान्छे बस्ती पसेको मान्छेमान्छेले थापेको एम्बुसमा पर्न थालेको छउपहारमा मान्छेले दिएको गोली लागेर मर्न लागेको छझुक्याएर समयलाई उछिनेरअघि बढेको भ्रम पाल्ने मान्छेलाईप्रताडनाका पोकाहरू निःशुल्क बाँढिरहेछ समयलगातार लगातार।

मैत्रीको बगैँचा विनिर्माण गरेर आजकल मान्छेद्वेषका बिरुवाहरू रोपिरहेछ रातदिनबन्घकी राखेर चेतना उग्राइरहेछ मान्छेखोजिरहेछ पर्खालहरूले मन बाँध्न / विचार बाँध्नसञ्चेतनाको दुर्भिक्ष फैलाएर कोषिका र नसाहरूमाअविश्वासको तरलता उत्पादन गरिरहेछ मान्छेअविश्वासको चुलीमा उभिएरषड्यन्त्रको जाल फालिरहेछ मान्छे, मान्छेका विरुद्धमाजङ्गली जनावरहरू पालिरहेछ मान्छे, मान्छेका विरुद्धमा।

समयले चेतावनी दिएकै हो मान्छेलाईमान्छेले बुझेनउल्टै उच्चताबोधको भ्रममा उत्सव मनाइरह्योकोखामा दाँत गाडेर पिइरह्योपटकपटक समयले मान्छेको आलो रगतमान्छे काउकुती लागेको भ्रममा हाँसिरह्योसहकाल बनेर मान्छे मझेरी टेक्नुपर्ने मान्छेअनिकालमा अनुवाद भएर सर्वत्र फैलियो बस्ती बस्तीमामान्छे आस्थामा पहिरो भत्केर सधैँ सधैँसिकारी समयको जालमा परिरह्यो मान्छेर पनि मान्छेलाई सम्झाउन खोज्नुहुन्नऊभन्दा जान्ने कोही छैनर पनि मान्छेलाई बचाउन खोज्नुहुन्नऊभन्दा बलवान् पनि कोही छैनअनेक अभिमानका शिखर टेकेर उभिएको छ मान्छेर भत्किरहेछ प्रतिपल एउटा अकल्पनीय पहिरोमान्छेका भत्कोसहरूबाट आत्तिएको छ ऊभागेर जाने ठाउँ छैन, तैपनि भागरिहेछ भागिरहेछवेदनाको सिङ्गो जमात खेदिरहेछलखेटिरहेछ उसलाईमान्छे अनुहारको एक झलक हेर्ने रहर च्यापेर खोकिलामाऊ भागिरहेछ। भागिरहेछ।

रोएका आशाहरूको बिस्कुन हालेर बसेको छ मान्छेलाचारी, निरीहता, निराशाहरूको भेला डाकेर उभिएको छकायरताको पहाड उभ्याएर आफैमा घरिघरिअझै कोलम्बस रहर पालेको छ मान्छेलेचन्द्रमालाई हत्केलामा राख्नेउभिएर मान्छेको पक्ष / विपक्षमाहर्षका जिन्दावाद गाउने पनि मान्छेविषादका मुर्दावाद चिच्याउने पनि मान्छेदुर्भेद्य पर्खाल छिचोलेर मान्छे मनसम्मै पुग्न। मान्छे बुझ्नकिन बन्न सकेन कुनै यन्त्र / संयन्त्र आजसम्म ?सोचिरहेछ ऊ।

के विस्थापित रहरहरूको बिस्कुन हालेरपीडा पोखरीमा डुबुल्की मार्नुकोअर्को नाम हो मान्छे ?कि स्वघरमै बेघर हुनु अनिआफूसँगै अपरिचित बनेरदुर्लङ्घ्य यात्रातर्फको आलस्य पाइला हो मान्छे ?मान्छे परिचयको गौरवबोध गर्ने मान्छेहरूअत्यासको अँध्यारोमाउक्सनै नसक्ने गरी भासिएका पनि छन् यहाँनचाहेर अनायासै 'जिन्दगी' भन्ने महायात्रामासूर्यजस्तै सर्वव्याप्त परिचित हुन पनि आइपुगेको छ मान्छेहामीमाथि उभिएको मान्छे हिमाल नाघेरमनसम्मै पुग्ने धोको छ मान्छेकोसगरमाथाजस्तै कष्टसाध्य छमान्छे मनको यात्रा पनितैपनि ऊ हिँड्दै छ। हिँडेकै छ निरन्तरमान्छेसम्म पुगिछाड्ने विश्वासमा।

मान्छेलाई विस्थापित गरेर मान्छेआफू स्थापित हुन खोज्छ यहाँमान्छेले नै मान्छेलाई पटक पटकमान्छेको कोटिबाट तल झार्न खोजेको छ यहाँमान्छेले नै मान्छेलाई पटक पटकअमान्छेको हुलमा मिसाउन खोजेको छ यहाँ।

अब मान्छेले एकअर्काका पाखुरा नछामेरमुटु छामे कसो होला ?वैमनस्यताको मनमारा घारी फाँडेरआत्मीयता उमारे कसो होला?बरु अलिकता आफू भत्केरै पनिनिर्माणतिर लागे कसो होला ?

उकालो लाग्लालाग्दै चन्द्रमा पुगेको मान्छेमान्छेकै आँखाबाट खसेर पातालमा अदृश्य पनि भएको छयात्रामा उकाली ओराली त कहाँ आउँदैनन् र आउँछनझर्नु उक्लनुको नाममा मान्छेले भत्किन मिल्छ र आफैँबाट ?उत्तरमा मिल्दैन भने पनि भत्केको छ मान्छेमिल्छ भने पनि सग्लो छैनविखण्डित मान्छे अवयवहरू जोडिनै पर्छ एकअर्कामापौरखी हातहरू जुटेर हत्केलामा सगरमाथा उचालेजस्तैमान्छेहरू समुन्नयनको ऊर्ध्वगामी यात्रामा अकासिनै पर्छ।

सपनाभरि मान्छे खण्डित अनुहारहरू आएरयाचना गर्दै छन् आज मान्छेसँगैहाम्रो सपना धेरैपटक बिथोलिएको छ यसैगरी।

मान्छे अनन्त यात्राको एउटा अथक उपासक होहिँड्दा हिँड्दा थाक्छ र सुस्ताएरफेरि हिँड्छ मान्छे। हिँडिरहन्छव्यवधानका अक्टोपसहरूलेबाघझम्टा हान्दा पनि अत्तालिँदैननवनिर्माण र नवसिर्जनाका उचाइ छाम्दैअघि बढिरहन्छ मान्छेतैपनि मान्छेलाई मान्छेभन्दा बढी घातकसले पो गरेको छ र !मान्छे मनका सीमान्तसम्म उभ्याइरहेछ पर्खालआज पनि मान्छेमान्छे विभाजन र मनको अङ्सबन्डामाउभ्याइएका पर्खाल भत्काउनु छमनहरूको सेतु जोड्ने अभियानमा जुटेका छौँ हामी यसपालि।

अब मान्छेका लागि निर्माण पर्याप्त छैन सायद,मान्छेको विनिर्माण पो थाल्नुपर्ने हो किमान्छेको विसङ्घटन। मान्छेडेरिडाआउनोस्, एउटा बहस चलाऊँअर्थात् मान्छे विनिर्माणको बहस।

मान्छे खोला भएर बग्न सक्छ आत्मीयताकोमान्छे पर्वत भएर अग्लन सक्छ मानवताकोआत्मीयता र मानवताले कसैको कुभलो गर्दैनत्यसो भए मान्छे खोला किन नबन्ने? पर्वत किन नबन्ने ?मान्छे खोला भएर बग्दा विभेदको मैलो पखालियोस् बस्तीबाटमान्छे पर्वत भएर उभिँदा क्षुद्रता आफै भागोस् बस्तीबाटखोला भएर बग्नकै लागि नत्र खोला बन्नुको कुनै अर्थ छैनपर्वत भएरै ठिङ्ग उभिनका लागि पर्वत हुनुको कुनै अर्थ छैनखोला झैँ बग्न पाइयोस् खोला बगेर कहिल्यै ननिखि्रए झैँपर्वत झैँ अग्लिरहन पाइयोस् पर्वतले कहिल्यै झुक्नु नपरे झैँखोला बन्नका लागि मान्छे खोला झैँ सङ्लो मन लिएर आऊपर्वत बन्नका लागि मान्छे पर्वत झैँ दरिलो छाती लिएर आऊ।युगौँदेखि खोला बन्न लालायित मान्छेनाला मात्र बन्न सक्यो ढल बग्नेयुगौँदेखि पर्वत बन्न उत्कण्ठित मान्छेथुप्रो मात्र बन्न सक्यो अभिमानकोर त अब मनबाटै बगाउनु छस्वच्छताको खोला खोला बन्नलाईआत्मैबाट अग्ल्याउनु छस्वाभिमानको धरहरा पर्वत बन्नलाईमान्छेले बन् भनोस् वा तगारो हालोस् यात्रामायात्रा, अहँ पटक्कै फर्कनुहुन्नफेरि अँध्यारो अतीततिर।

जिन्दगी बाँच्नु मात्रै हैन,खोला बगे झैँ पर्वत उभिए झैँअरू पनि केही होत्यसैले पनि खोला बन्नुपर्छ अब बग्नलाईपर्वत बन्नुपर्छ अग्लिनलाईअब हामी पाइला चाल्छौँ यात्रामामान्छेदेखि मान्छेसम्मको यात्राअब हामी प्रतिबद्ध हिँड्छौँ यात्रामामनदेखि मनसम्मको यात्राहामी पानी बनेर खोला बग्नै लागेका छौँमान्छेसम्मको यात्रामाथुम्को बनेर हामीपर्वत उक्लँनै लागेका छौँमनसम्मको यात्रामायात्रा गन्तव्यको अर्को नाम पनि होहामी मनसम्मको यात्रामा तल्लीन छौँहामी मान्छेसम्मको यात्रामा तल्लीन छौँ।

फूल रोप्नु छ अब मनको बगैँचाभरिफूलमा भोलि फूल मात्र फुल्दैनमान्छेको मान्छे आस्था र विश्वास पनि फुल्छहामीले पनि फूल रोप्न चाहेका छौँमान्छेले फूल रोपोस् यस्तो पनि चाहेका छौँपर्वत र खोलाले कसैको अहित नगरेजस्तैफूलले पो कहाँ बिगार गर्छ र कसैको !हरेक मान्छेले फूल रोपोस्आशावादिताको फूल मनको बगैँचाभरित्यसपछि कसैले मान्छे कविता लेख्नुपर्छत्यस्तो लाग्दैन हामीलाई।

अब कविता लेख्नैका लागि कविता लेख्नुहुन्न मान्छेले। कविलेअब सिर्जना गर्नैका लागि सिर्जना गर्नुहुन्न मान्छेले। सर्जकलेहरेक कवितामा मान्छे लेखियोस्सिर्जनामा मान्छे नै सिर्जियोस्।

कविता टुङ्गिन सक्छ एक दिन मान्छे कवितामान्छे कविता टुङ्गिनु मान्छे टुङ्गिनु हैन, हुँदै हैनमान्छेका लागि यस्ता हजारौँ कविताहरू बलिदान हुन सक्छनमान्छे नै त कवि आस्थाको सर्वोच्च चुली पनि हो,यो होचिनु हुन्न अनादिसम्म।

समयसँगै हिँड्नुपर्ने मान्छेकिन उछिन्न खोज्छ समयलाई थाहा छैनअत्याचारको जङ्गे पहाड छातीमा टेकेर उभिइसक्दा पनिअसह्य वेदनाले मन अतिक्रमण गरिसक्दा पनिमान्छे ब्युँझेको छैन भ्रमको अचेतनबाट।

मान्छे लाख खराब नै सहीफेरि पनि ऊ मान्छेकै पक्षमा उभिन चाहन्छमान्छेकै माझमा रहन चाहन्छगीतहरूमा मान्छे नै गाउन चाहन्छकवितामा लेख्न चाहन्छ मान्छेमान्छेबिनाको भूगोलयो कल्पनातीत छ उसका लागिरमान्छे भएर मान्छेकै बिचमा बाँच्ने उपक्रम गर्दै छऊ मान्छे

र उपक्रम गरिरहेछौँहामी मान्छे पनि।