सपना अर्थात् जिन्दगी

हत्या गरेरएकपछि अर्का सपनाहरूकोमान्छेले फेरि पनिदेख्न छाडेका छैनन् सपनाहरू

सपनाहरूभविष्य बनेर आउँछन् कि अखबारका पानाहरूमा?सपनाहरूआकाङ्क्षा बनेर झुल्किन्छन् कि घरका छानाहरूमा?सपनाहरूरहर बनेर पोखिन्छन् कि जिन्दगीका पानाहरूमा?सपनाहरूअन्न बनेर भरिन्छन् कि पाथी र मानाहरूमा?मान्छे सधैँ सधैँ गरिरहन्छयस्तै यस्तै जपनाहरूमान्छे विपनाभरि पनि देखिरहन्छयस्तै यस्तै सपनाहरू।

एउटा सपनाको क्षतिसँगैपर्खिरहन्छ मान्छेएकपछि अर्का सपनाहरूको जुलुसअनिष्ट चिताउँदैन मान्छेसपनामापीडाको कल्पना गर्दैन मान्छेसपनामारातभरि सपनाको खेती गर्ने मान्छेविपनासँग भयभीत हुन्छयथार्थसँग डराउँछर भाग्न खोज्छफेरि सपनाहरूकै कोलाजतर्फआजकल मान्छेको बस्तीमा यथार्थघृणाहरूको नदी भएर बग्न थालेको छवैमनस्यताको बनमारा घारी भएरफैलन लागेको छ फूलबारीहरूमाअबलाको अस्मिता लुटेरबेपत्ता हुन थालेको छसत्य सुन्दर हुन्छ भन्ने अर्थमाकसरी गाओस् मान्छेलेविध्वंसका गीतहरूअप्राकृतिक यथार्थहरूसँग कसरी गरोस्सम्झौता मान्छेलेर पनि मान्छे हिँडिरहेछर पनि मान्छे दौडिरहेछसपनाहरूकै पछिपछि।वर्तमान सुसेलिरहेछपीडाका ताता सुस्केराहरूभाइभाइ बिचको आक्रमण प्रत्याक्रमणकुनै प्रिय खेल झैँ मञ्चित हुन्छ बस्तीहरूमायुगौँदेखि आशावादी रहरहरूकोमलामी हिँड्न विवश छ मान्छे हरेक विपनाहरूमाअपूरा अभिलाषाहरूको बुर्की छरेर चोकचोक र बाटाबाटामामृत्युगीत गाउँदै हिँडिरहेछ मान्छे मन नलागी नलागी।

सपनाहरूमा छैनन् कतै निराशाका पदचिन्हहरूसन्त्रस्त्र विपनाहरूले थिल्थिलिएको मान्छेसपनाको आगोसमा निस्पि्कक्री निदाउँछसपनाको संसारमा निर्भय विचरण गर्छसपनाबाटै लिएरबाँकी जिन्दगीको उधारो सासमाछे समर्थ हुन्छ विपना बाँच्नमान्छे सक्षम हुन्छ विपना भोग्नर मान्छे आशावादी हुन्छफेरि सपना देख्न।

धेरै पटक सपनाहरूको मलामी गएर पनिमान्छेले देख्न छाडेको छैन सपनाहरू।

युगौँदेखि सपनाको नेटकर्वमा छ मान्छेकति सपनाहरूलाई उसलेसिरक बनाएर ओढेको छ जाडोमाकति सपनाहरूलाईमन पर्ने भोजन सम्झेर पकाएको छ भाँडोमाआँखैको डिलमा पहिरो जाँदाकति सपनाहरू पुरिएका छन् झरेर आँसुसँगैभावनाको भेल पसेर मनका गराहरू जलमग्न हुँदाकति सपनाहरू डुबेका छन् भावनासँगैकसले भन्छ सपना क्षणभरिलाई हो?सपना सधैँसधैँका लागि रहेछसपना त जिन्दगीभरिलाई रहेछ।

अगणित सपनाहरूको बिचमा छ मान्छेअझ अगणित सपनाहरू मान्छे बिचमा छन्कसले भन्छबन्द आँखाले मात्र देखिन्छ सपना?मान्छेसँग बन्द आँखाका भन्दाखुल्ला आँखाका सपनाको बिस्कुन ठुलो छसबै सपनाले जिन्दगीको 'नेटवर्क' भेट्छन् भन्ने छैनजिन्दगीसँगको 'कनेक्सन एरर' भएरकतिकति सपनाहरू रिसाइकल बिनमाडम्प भएको दुर्दान्त पीडा पनि छ मान्छेसँगथाहा छ अब सम्भव छैन यिनलाई रिस्टोर गर्नर फेरि यति बेला एकपटकजिन्दगी नामको 'हार्ड डिस्क'मामान्छे क्रिएट गर्न लागिरहेछसपनाका असङ्ख्य फोल्डर र फाइलहरू।

सपनाहरू जति जन्मन्छन्सपनाहरू त्योभन्दा बढी मर्छन्सपनाहरू झन् त्योभन्दा बढी जन्मन्छन्सपनाहरूको रङ्गशालामा खेल्छ मान्छेसपना अर्थात् जिन्दगीको खेलसपनाहरूको जुलुसमा चिच्याउँछ मान्छेसपना अर्थात् जिन्दगी जिन्दावादसपना देख्ने सपनामा रमाउँछ मान्छेसपना अर्थात् जिन्दगीसपना र जिन्दगीका रहरहरू जतनसाथ च्यापेरखोजिरहेछ मान्छे सपना अर्थात् जिन्दगीका पदचापहरू।

सपना सपना हो यो पनि बुझेको छ मान्छेलेसपना कल्पना होयो झन् बढी जानेको छ मान्छेलेसपनालाई सपनाकै रूपमा हेर्नुपर्छयो पनि मान्छेलाई जति थाहा छैन अरूलाईहुनत सपना आत्मरति पनि होहुनत सपना कायरताको ढाल पनि होहुनत सपना सपना बाहेक केही हैनहुनत सपनामा भ्रम बाहेक केही छैनहुनत सपना अन्धाले छामेको हात्ती मात्र होसबै सबै थाहा छ मान्छेलाईयो पनि थाहा छ मान्छेलाईत्यो पनि थाहा छ मान्छेलाई।

तैपनि मान्छे चाहन्छऊ सपना भएर बाँचोस्चढेर सपनाका पोथ्राहरूहेरोस् जिन्दगीका यामहरूआँगनभरि सपना फिँजाएरलडिबुडी गरिरहोस् सपनाहरूसँगैर बाँचिरहोस् सपनाजस्तै सुन्दर जिन्दगी।

सपना मान्छे होमान्छे सपना होसपनाकै अनन्त गीता पढिरहेछ मान्छे युगौँदेखिसपनाकै अन्त्यहीन महाभारत फलाकिरहेछबुद्ध एउटा सपनाजिसस एउटा सपनासपनाको महागाथा आज पनि गाइरहेछएउटा सुकरातभरेर ह्यामलकका प्यालाहरू हाँसी हाँसी।

हत्या गरेरएकपछि अर्का सपनाहरूकोमान्छेले फेरि पनिदेख्न छाडेका छैनन् सपनाहरू।

धेरै पटक सपनाहरूको मलामी गएर पनिमान्छेले देख्न छाडेको छैन सपनाहरू।