दुःखका सुसेली

एउटा असहज सपना नयाँवर्ष झैँ आउँछ र जान्छकेही आशाहरू इतिवृत्त बन्छन् विगतकेही वर्तमानले चिथोर्छ कोपर्छआगतको अभ्यागत साइँलोनिरन्तर भोलिका आशहरूमा बाँचिरहन्छ।

साइँलो मन सधैँ एउटा सपना देख्छसधैँ एउटा आशा रोप्छ प्राप्तिकोप्रत्येक यथार्थहरूमा साँढेहरेक रात सडक गल्लीतिर डोकाका डोका सपना चर्छ र उग्राउँछफेरि अनि फेरिउच्चाटलाग्दा रातहरूमा साइँलोअहोरात्र सपनाहरू रोपिरहन्छगोडिरहन्छ। उकेरिरहन्छप्रत्येक कल्पनाहरूमा साइँलोटुलुटुलु छोरो स्कुल गएको हेरिरहन्छछोरी बिहेमाझ्याइँ झ्याइँ पन्चे बाजा घन्केको सुनिरहन्छएक टकले श्रीमती आँखामा साइँलोआफ्नो यौवन हेरिरहन्छ। रमाइरहन्छ।साइँलाले धेरै पटकसमयसँग हिँड्न खोज्योसमयसँगै चल्न खोज्योतर समयलाई साइँलालेकहिल्यै आफनो अनुकूल पाएनसधैँसधैँ समयलाई साइँलालेफगतपानी दर्कनुको अर्थमा परिभषित गरेको छघाम चर्कनुको अर्थमा परिभाषित गरेको छत्यसैले साइँलो सोचमा समयघाम लाग्नु होपानी पर्नु होहुरी चल्नु हो।

विडम्बना !साइँलो तिखा सिङहरूदेखि डराइरह्योतर समयलाई एउटा मैमत्त साँढेको रूपमा चिन्न सकेनकमिजको झ्यालबाट संसार हेर्नेसाइँलोजिउका आँखाहरू चिच्याइरहेसमयलाई एउटा हृष्टपुष्ट साँढे देखेरसाइँलाले सुनेनसुरुवालको खुल्ला सीमाभित्रबाटअतिक्रमण गर्नेनिर्धा घुँडाका पाङ्ग्राहरू बिलापिरहेसाइँलाले बुझेनअसमयमै मुर्झाउन लागेकोसाइँलो छोरी बैँस टुलुटुलु हेरिरह्योकागजका पानामा बग्न नजान्नेसाइँलो जीवनसमयसाँढेखुरमुनि रक्ताम्मे थिचिएकोजिजीविषा हेरिरह्योतर प्रतिवाद गर्न सकेनहाड चन्दन घोटेर रित्तो पेट बोक्ने साइँलो मनकहिलेकाहीँ खहरेका गर्जनहरू गर्जन्छचक्रवातका बहावहरू सुसेल्छअपरिभाषित आर्तहरू उराल्ने साइँलो मनआफैमा एउटा प्रवाह होखर्पनका खर्पन सपनाहरू सँगाल्ने साइँलो मनआफैमा एउटा रोष होआफैमा एउटा आक्रोश होआफैमा एउटाअनन्तताको शङ्खघोष हो।

छामी हेर साइँलो मननौनीभन्दा कोमल छनियाली हेर साइँलो मनहिमालको पानीभन्दा निश्छल छपरिश्रम ओकल्ने साइँलो हातमित्रको लागि नमस्कार होसधैँ रगत पसिनालेनौलो इतिहास लेख्ने साइँलो हातशत्रुका लागि बज्र प्रहार हो।ऊ जसको नाम साइँलो राखियोमानिलिएको भए ऊ जेठो वा बिरे हुनसक्थ्योभनिदिएको भए ऊ कान्छो वा लुखुरे हुनसक्थ्योक, ख, ग, घ ... ...ए. बी. सी. डी. ... ...१, २, ३, ४ ... ...जे शब्दले सम्बोधन गरे पनियथार्थमा नामःमान्छेको परिचय हैनमान्छेको परिभाषा हैनसाइँलोपरिश्रम उसको स्वाभिमानको परिचायक होनाङ्गो ढाड, नाङ्गा पाइताला,धाँजा फाटेका कुर्कुच्चा, दुई हत्केला ठेलार एक निधार पसिनाभन्दा परसाइँलो परिभाषित हुनै सक्तैनसाइँला हातहरूजो सदा सिपहरू ओकल्छन्र जुटिदिन्छन् निरीहमात्र एक छाकका लागिसाइँलो स्वाभिमानजो सत्यका लागि घाँटी कटाउन तयार हुन्छतर झुकिदिन्छ नतमस्तकमात्र केही पेटहरूका लागिएउटा छोरो पेटएउटा छोरी पेटएउटा स्वास्नी पेटएउटा स्वयम् पेटर साइँला पेट समूहहरूगर्व गर्छन् आफूहरू टमक्क भरिएकोमात्यसैले आजकल साइँलाले स्वाभिमानलाईचार पेटहरू भर्नुको सट्टामा लिलाम गरेको छ।

साइँला मनहरू ठुलाबडाहरूजस्तो क्षुद्रताका दोहोरी खेल्दैनन्विपन्न मनस्थिति लिएर सम्पन्नताको होडबाजी गर्दैनन्साइँला मनहरू आफ्नै आर्तहरू उराल्छन् /अहर्निशएक अकिञ्चनका आर्तहरूआफ्नै मनहरू टालटुल पार्छन्एक हुल धाँजा फाटेका मनहरूआफ्नै सुरहरू सुसेल्छन्दुःखका सुसेलीहरूसधैँ सधैँ साँचेरै राख्छन् आँखाभरिआँसुका कोसेलीहरूअकलुषित साइँला मनहरूहरेक आरम्भमाएक भन्ज्याङ सपना रोप्छन्हरेक विस्तारहरूमा सपनागोड्छन् / उकेर्छन्उकेर्छन् / गोड्छन्हरेक उत्कर्षहरूमातर साइँला मनहरूलेएउटा :अकल्पित अनिष्ट मात्र पाउँछन्एउटा :रित्तो नियति मात्र पाउँछन्त्यसैले साइँलो मन आजकलकुनै अभीष्ट अनभीष्टमा रुमल्लिँदैनअश्रुसिक्त साइँलो मनसजहता साथ सजतनखुसीका भाव पनि स्विकार्छअवषादका भाव पनि स्विकार्छउसलाई थाहा छडँढेलो लाग्न सक्छवनमा पनि मनमा पनितर वनको डँढेलो निभाउन सकिन्छमनको सकिन्नवनको डँढेलोले त जलाउने मात्र होमनको डँढेलोले पोलेर साइँलोपटक पटक आहत भएको छआखिर एउटा अनिश्चित पेट लिएरठिङ्ग उभिएको सत्य न हो साइँलो !जो पेट टमक्क भरिँदा पनि जप्छएउटा महामन्त्रसन्तोषम् परमं सुखम्पेट रित्तै हुँदा पनि जपिरहन्छ।

अधिकांश अकिञ्चन जन्मे झैँ जन्मेको हो साइँलो पनिउसलाई जन्माउने उसकी आमालेअस्पताल र नर्सिङ होमका मुलायम गद्दाहरू पाइनसम्पन्नहरूले खाने जस्ता तागतिला खानेकुरा पनि खाइनअनकन्टार निबिड चिसो माघे रातमाकुनै चिसो भुइँको चिसो कुनामासायद चिसै नियति बोकेर जन्मेको हो साइँलोसाइँलो बालक नाकलेहर्लिक्सको गन्धसम्म सुँघ्न पाएननिरीह साइँलो कानलेसेरेलेक्स र ल्याक्टोजिनहरूकोनामसम्म सुन्न पाएनबालक साइँलो जिब्रो सधैँअभाव चाखेर रमाइरह्योनिष्कलङ्क साइँलो पेट सहास्यभोक पचाएर हुर्किरह्योसधैँ सधैँ एक मन स्कुल जाने आशा बोकेर साइँलोनिर्निमेष आँसु बहाइरह्योयथार्थ चर्याहरूमा सधैँ आफूलाईगाईबाख्राको पछि दौडाइरह्योघाँस दाउरा बटुल्न कुदाइरह्योन कहिल्यै भनेजस्तो एक छाक खान पायोन कहिल्यै चिताएजस्तो एकसरो लाउँन पायोसधैँ सधैँ साइँलो ढाडअभावको घामले सेकिइरह्योअहोरात्र साइँलो मनआँसु भेलहरूमा रुझिरह्योजीवन एक पहाड पीडा भोग्नुको नियति होप्रमाणका लागि साइँलो हृदय छामी हेरे हुन्छ।

बरु साइँलालाई बाख्रापाठालेबिरालीका लहरा मन पराउँछन् भन्ने थाह छकुरिलाका जराको कुँडोले भैँसीको दुध बढ्छ भन्ने थाहा छसाइँलालाई थाहा छ बन्सोले दुध पग्रन्छखाक्सी खस्रेटोले दुध सुक्छअँगेरी विषालु हुन्छआदि... आदि...

हो !साइँलाले जीवन व्यवहारको महाविद्यालयमायस्तै कुराहरू पढेको छ यस्तै कुराहरू जानेको छऊ ज्वरो आउँदा पनि झाँक्री गुहार्छपेट दुख्दा पनिउसलाई ब्रुफेन, न्युरोबिन थाहा छैनसिटामोल, भिटामिनको झोल थाहा छैनऊ खयरको काठ उमालेर पिउँछरोगहरूको उपचारमार तन्दुरुस्त पनि हुन्छसाइँलो प्रयासक्षयरोगलाई पनिढ्याङ्ग्रो बजाएर तर्साउन उद्दत हुन्छगानो, गोला अनि ग्यास्टि्रकलाई पनि।

वसन्त त्यस बेला पनि आउँथ्योकोइलीहरू त्यता पनि भाका हाल्थेत्यता पनि गुन्जन्थे मायाप्रेमका राग विरागबैँसका ऊहापोहहरूपोखिन्थे त्यता पनि मनहरूबाटसाइँलो मनले पनि अनुभूत गरेको छछातीले थेग्नै नसक्ने नीलाकाशको मोहनीसुगन्धित हावाको मादक स्पर्शकौमार्य छरिरहने प्रकृतिको माधुर्यऊ पटक पटक एकाकार हुन चाहेको छयहीँको धरती, आकाश र माटोसँगयहीका वन, पाखा र पखेरासँगभोग्नुको नाममा धेरै पटक रित्तिएको छ ऊर हरेक रित्तोपनमा आफूलाईझन् भरिपूर्ण पाएको छ साइँलालेउसको हृदयभरि बिम्बहरूको जुलुस छउसका आँखाभरि सपनाहरूको ताँती छउत्सर्गको फूलबारीमा साइँलोहरेक पल रोपिरहन्छसिर्जनाका अगणित फूलहरूऊ आँखाको बाटो हुँदै हृदयसम्मै पुगेको छर घन्काएको छ अनन्त बैँसालु रागहरूको सिम्फोनीवासनाको पदचापसम्म छैन। देखिन्नउसको बैँसालु कामनाको क्षितिजभरि कतै पनि।

सर्टिफिकेट छैन ऊसँगतर जीवनका असङ्ख्य अक्करे भिर छिचोल्नेअर्को अघोषित हिलारी पनि हो साइँलोलेकबेसी चहारेर जीवन अन्वेषण गर्ने कोलम्बस हो साइँलोगाईबाख्राको जुलुस लिएर राजनीति गर्ने उसलेपटक पटक नाराहरू लगाएको छशान्तिले बाँच्न देऊएक छाक खान देऊएक सरो लाउन देऊप्रत्युत्तरमा उसले केही पाएको छैनसिबाय गाईबाच्छाका बाँ... बाँ...र बाख्रापाठाका म्याँ... म्याँ...हरू।

साइँलो गाउँ र सहर बाँचेको छहाँसेर पीडाका सुस्केरा बाँचेको छबाँच्नकै लागि जीवन नामको जिनिस दाउमा राख्ने ऊरोएर हात फैलाउन जान्दैनसिङ्गो देशको स्वाभिमान काँधमा बोकेरसिङ्गो मानवताको भारी ढाडमा बोकेरसाइँलो आज पनि देशकै गीत गाउँदै हिँडिरहेछआज पनि मान्छेकै गीत गाउँदै हिँडिरहेछसाइँलो तिम्रो छातीमा पनि हुर्केको होला। हुर्कनै पर्छएउटा साइँलो मेरो छातीमा पनि हुर्किरहेछ।