आलस्य हिँडिरहेको एउटा देश

माइग्रेन र साइटिकाको स्थायी भारी बोकेरबग्दै अनन्त पीडाको मेचीमहाकालीर ठडिँदै वेदनाको गौरवशाली सगरमाथाएउटा देश आलस्य हिँडिरहेछ।

धेरै 'पृथ्वी'हरूका सत्प्रयासबाटअनेक बलभद्र, भक्ति, भीम र अमरका पराक्रमबाटभानु, लक्ष्मी र मगमगाउँदा पारिजातहरूको भगीरथ प्रयत्नबाटएउटा आकारको अस्तित्व ग्रहण गरे पनिधोएर आँसुले वर्तमानको कालो आँचलएउटा देश आलस्य हिँडिरहेछ।

सहेर कोलोनियल गिद्धे दृष्टिभोगेर राणाकालीन कठोर यातनाखपेर निस्सासिँदा पञ्चायती कालरात्रिहरूअनि पचाएर प्रजातन्त्रपछिको अनौठो गणतन्त्रएउटा देश आलस्य हिँडिरहेछ।त्यसो त हिमालहरू छन् देशमाआँखाभरि/दृष्टिभरिपहाडहरू छन् देशमाहेराइको अनन्त क्षितिजसम्मनदीहरू छन् आफ्नै साङ्गितिक लयमा बगिरहेकातालहरू छन् आफ्नै परिधिमा मुस्कुराइरहेकाहरियाली ओढेर सधैँ इन्द्रेणी फुल्नेप्रकृतिको अनन्त गहिराइ छशान्ति घन्काएर हजार आकाश चाहार्नेपरेवा र ढुकुरहरूको ताँती छदेशमै छन् ध्यानस्थ बुद्धहरूदेवताहरूको फौज छदेशका मान्छेभन्दा दसौँ गुणा बढीर पनि बाटो बिराएर अक्करे भिरतिर लागेको अनजान यात्रीजस्तोएउटा देश आलस्य हिँडिरहेछ।

हिमालहरू छन्तर हिमालभन्दा अग्लो गरिबी छ यहाँपहाडहरू छन्तर पहाडभन्दा जब्बर भोकहरू छन् यहाँनदीहरू छन्तर नदीमा पानीभन्दा बढी आँसु बगेका छन्तालहरू छन्तर तालमा तालभन्दा गहिरा वेदनाहरू छन्प्रकृतिको अनन्त गहिराइभित्रअभाव र दुःखहरूको कहिल्यै अन्त्य नहुने मेला छसात रङका इन्द्रेणीभित्रसत्तरी झमेलाहरूको कोलाज छशान्ति उड्ने परेवाको बतासमाबारुदको गन्ध मडारिएको छध्यानमग्न बुद्धकै छेउका गाउँबस्तीमाराष्टि्रय हतियारको पुरुषार्थ देखाउने दाजुभाइ छन्देवताहरूको भिडभाडमाधर्म हराएको अमिलो अनुभूति बोकेरएउटा देश आलस्य हिँडिरहेछ।

देशमा भत्काउन खोज्ने डिकन्स्ट्रक्टनिस्टहरूको भिड छपाखा लगाइएका छन् बनाउन खोज्ने अल्प सङ्ख्यकहरूअभिभावक नभएको घरजस्तोसधैँको रडाको छ छोराछोरीहरूबिचकाटाकाट छ मारामार छ लुछालुछ छअज्ञात भविष्य बोकेरखाडीतर्फको उडान भरिरहेछन् तन्नेरी छोराछोरी दिनदिनैकर्णालीभन्दा लामोरोगी, अशक्त र माग्नेहरूको लस्कर लगाएर अघिपछिएउटा देश आलस्य हिँडिरहेछ।

अनेक प्रयोगहरूले थिल्थिलिएरअनेक वेदनाहरूले छट्पटाएरअरूको हैनआफ्नै आफ्नाको प्रतिघात सहेरपरिणामबाट बेखबरपरीक्षा दिइरहेको एउटा निर्दोष स्कुले विद्यार्थीजस्तैअथवा'भिक्षां देहि' का रागहरू अलाप्दैदैलो दैलो चहारेर जीवन गुजार्ने कुनै सन्यासीजस्तैअनुदानका लागि पसारेर याचक हातहरूएउटा देश आलस्य हिँडिरहेछ।

चिथोरिएर भोकाहरूको रोटीजस्तैविखण्डित हाँसिरहेछ देशभत्किएर कहिले जातीयताको नाममाचोइटिएर कहिले धर्म र संस्कृतिको नाममाकहिले स्वायत्त राज्यर कहिले सङ्घीयताको नाममाकेही दलीय भागबन्डार केही आरक्षित कोटाको चक्रव्यूहमाफसेर अभिमन्युजस्तैकहिल्यै उम्कन नसक्ने गरीएउटा देश आलस्य हिँडिरहेछ।

लिएर आँखाभरि अटाई नअटाई सपनाहरूको लाममडारिएका छन् हृदयभरि असङ्ख्य भावनाहरूफाँसीमा झुन्डिएको एउटा सहिदजस्तोझुन्डिएर संसारकै सर्वोच्च सगरमाथाकोअक्करे भिरतिर कतै गुहार माग्दैपखाल्दै/चोपल्दै राराको कञ्चन पानीमाआफ्नै क्षतविक्षत अनुहारथकित पाइलाहरूमाएउटा देश आलस्य हिँडिरहेछ।

चौबाटोभरि डुलेका छन् भोकहरूरावणहरूको प्रवचनअखण्ड चलिरहेछ मन्दिरहरूमाछाक टार्नकै लागि बेचिरहेछन् कौडीको भाउमाहरेक रात चेलीहरू अस्मिता सहरका सडकहरूमास्वजनको घाँटी रेटेरबहादुरीको विज्ञापन गरिरहेछन् गोर्खालीगुहार ! गुहार !! चिच्याइरहेछ न्यायमध्यरातका शून्य सडकहरूसितअन्यायको झन्डा गाडिएको छ जताततैगिद्धहरू मडारिएका छन् बस्तीमाथिको अन्तरिक्षमालोडसेडिङको उत्सवभित्रहाडनाता करणी गरिरहेछ निर्लज्ज समयदेखेर पनि नदेखेजस्तो गरीएउटा देश आलस्य हिँडिरहेछ।

टाढा जानु पर्दैन देश हेर्नढलसँगै अवैध नानीहरू बगिरहेकोबागमती हेरे पुग्छबिच सहरमाफोहोरका डङ्गुर उधिन्दैजीवन खोजिरहेकादेशको भविष्यका कर्णधार हेरे पुग्छसकिनसकी विकासको विज्ञापन गर्दैघसि्ररहेको जनकपुरजयनगर रेल हेरे पुग्छगाउँदेखि सहरसम्मै फिँजिएकासमयका आधुनिक र उत्तरआधुनिक झाँकी हेरे पुग्छसभ्यताको नाममा दिनदिन नाङ्गिएरएउटा देश आलस्य हिँडिरहेछ।

भोकका लप्काहरूमाअझै आकाश छुने उत्साह बाँकी छव्यथाका पोखरीहरूको आयतनझन् झन् बढिरहेको छ शुक्लपक्षीय चन्द्रमाजस्तोविसङ्गतिहरूको फसल सप्रिएकै छ गाउँबस्तीमाअपुरा इच्छाहरूको लामअझै नापिरहेछ सडकहरूको आयतनयस्तैमापुछेर समयको मैलो आँचलमा रगतका आँसुहरूएउटा देश आलस्य हिँडिरहेछ।

रेडलाइट एरियाबाट गिरफ्तार भएपछिआत्महत्या गरेकी एउटी किशोरीउसको झोलामा भेटिएको डाक्टरको पे्रस्त्रि्कप्सनर बिरामी आमाको रोगको विवरणमलाई देशको अनुहार त्यो किशोरीको अनुहारजस्तै लाग्छजुलुसमा गोली लागेर सहिद बनेको कुनै बेरोजगार किशोरतलासीमा फेला परेकारोजगारीको बजारमा नबिकेका प्रमाणपत्रहरूर छातीमा जिम्दारले रखौटी बनाएकी प्रेमिकाको फोटोमलाई देशको अनुहार त्यो किशोरको अनुहारजस्तै लाग्छदिनदिनै भोकले सहिद भएका सन्ततिहरूप्रतिमनमनै खुसुक्क समवेदना प्रकट गर्दैएउटा देश आलस्य हिँडिरहेछ।समेटेर कर्णाली पीडाहरू मुटुभरिलुकाएर कोसी आँसुहरू चुपचाप चुपचापअझैँ औँसी च्यातेर पूर्णिमा फुलाउने रहर मारेको छैन देशलेसहेर असङ्ख्य घात प्रतिघातहरूमनाएर आफ्नै सपनाहरूको मृत्यु उत्सवनिराशाहरूको पट्टेर जङ्गलभित्रआशाका किरण खोजिरहेकै छ देशदेश अझै खोजिरहेछ सिर्जना फुलाउने हातहरूदेश अझै खोजिरहेछ उत्साह उमार्ने पाइलाहरूदेश अझै खोजिरहेछ हाँसो फक्रेका ओठहरूदेश अझै खोजिरहेछ इन्द्रेणी सपनाहरूदेश अझै खोजिरहेछ मसिना खुसीहरूको पुनरागमनदेश अझै खोजिरहेछ लक्ष्यगामी गोरेटाहरूबाँडेर हरेक बैगुनका बदलामा गुनैगुनका सगुनबाटो बिराएका आफ्नै सन्ततिलाई स्नेहपूर्वकएउटा देश आलस्य हिँडिरहेछ।