समयका पानामा जिन्दगीको स्केच
तन्नेरी रहरहरूको ढाकरबिसाएर उमेरको चौतारीमासमय गाइरहेछ मग्नमाछी मार न हे दाइ हो... ...*
छेवैको बाटैबाटोउकालो, उकालो लागिरहेछन्रझरिरहेछन् ओरालोअनन्त सुस्केराहरूको ताँती।
जिन्दगीको महानदीमासकिएन बैनी हो माछी मार्ननसम्झेको त कहाँ हो रसम्झनु नै अरू के पो छ रर पनि सकिएन आउँदै जाँदै गर्नसम्झेर तिमीहरूलाई।
समयले बाटोभरि थापेको छ धरापबस्ती नै बगाउँला झैँ उर्लेको छ दुःखको खोलाकसरी तर्नु?र कसरी आउनु भेट्न तिमीहरूलाई?तिमी उता म यता ज्यान त टाढा छ... ...*रङ्ग हुँदैन मायाकोथाहा पाउनु कसरीगाढा हुन्छ माया कि फिक्का?कि सक्छ कोहीमायाको रङ्ग बताउन?एउटा चुनौती मान्छेलाईएउटा प्रश्न समयलाई।
गह्रौँ मनले बिदा गरेकोएउटा रहर जिन्दगीभरिकोतन्नेरी छोरोजीवनभरिका सपनाहरू पोको पारेरभासिएको छ मुगलानके थाहा उसलाई !उसको अनुहारमासमृद्धिको सगरमाथा देख्ने बाबुआमा मनभाषा कतिपय यस्ता पनि हुन्छन्जसलाई न मान्छेले बुझ्छन बुझाउन सक्छ समयले।
खुम्चँदै गरेको सडक टेकेरअब गाह्रो छयात्रा तय गर्न जिन्दगीकोझमेलाहरूको हड्ताल छिचोलेरसकिँदैन जिन्दगीको किनारा टेक्न अबविज्ञापित प्रेमर प्रायोजित मिलनको सहारा लिएरसजिलो छैनजिन्दगीको बाँकी बाटो काट्न
पीडाको रोगनले रङ्गिएका मझेरीआँसुको सुनामीले पखालेका सपनार बाटो बिराएको एउटा यात्रायो नियति होआजका मान्छेको।
पहिरो भत्केका विश्वासका कान्लाहरूउदासी फुलेका रङ्गहीन फूलनेटो काटेका रहरर अभावको राग अलाप्ने भोका ताउलाहरूउस्तै छन् आज पनि
नयाँ शताव्दीको रोगनलेपोतेर बाहिरी आवरणविभ्रमको सिङ्गो आकाश बोकेर शिरमाथिकहाँ जान्छौ माझी दाइ ?जिन्दगीका सपना फुल्ने तिम्रा खोलाहरूमामात्र प्रवाह र लहरहरू बाँकी छन्जीवन हिँड्ने तिम्रा गोरेटाहरूमातिखा सिसाहरू छरपस्टिएका छन्संसारलाई ढाँटे पनिआफूलाई ढाँट्न कहाँ सकिँदोरहेछ रतिम्रा आँखामा जीवनको भ्रम पढेरआज मलाईआफ्नै जिन्दगीको अर्थ खोज्न मन लागेको छ।
समयले बिरक्त बनाएका मनहरूआलस्य हिँडिरहेछन्कहीँ नपुगिने जीवनको एउटा बाटोहाम्रो बिचमा छरेर वैमनस्यतासमयफुटको राजनीति गरिरहेछ बस्तीमामान्छे टुक्रेरअनुवाद भएको छ जातजातिमाधर्ममा। सम्प्रदायमा।दलमा। समूहमा।विचारका मसिना घेराहरूमा
सबै छन् देश नामको मानचित्रमातर कठै !एउटा देश मात्र छैन देशभित्र।
मान्छेको अनुहार ओढेकोसमयको एउटा जत्थाभत्काइरहेछविश्वासको पर्खालफाँडिरहेछआत्मीयताका पोथ्राहरूसुकेनास लागेका सपनाहरूबैसाखी टेकेर हिँडिरहेछन्गाउँका गोरेटाहरूमाअत्यासहरूको लस्करआतङ्क छर्दै दौडिरहेछसहरका सडकहरूमासबै थोक छ गाउँमा र केही पनि छैनसबै थोक छ सहरमा र केही पनि छैन।
काला हिमालहरू हाँसेकोजिन्दगी- एउटा कुरुक्षेत्रविपतका कहालीलाग्दा कथाहरूसुनाइरहेछ समय सञ्जयवेदीमा बलि चढिरहेछन्सुदिन आगमनका सपना/चाहनाहरूभूमिगत छ कृष्ण, रच्दै होला लीलाहरूपाण्डवहरू पनि देखिँदैनन् कतैहाहाकारको सिम्फोनीमासन्त्रस्त्र ताण्डव नाचिरहेछन् भयभीत मनहरूदिनको उज्योलो अन्धकारमा लुकाइरहेछसाना बालकहरूलाईतन्नेरी छोराहरूलाईबिच सडक अस्मिता गुहारको लय हाल्दै छन्तरुनी छोरीहरू र कमजोर आमाहरूसमयको अदालतमामान्छे खोजिरहेछ न्यायमान्छे खोजिरहेछ एउटा देश
तर यहाँ हिमाल मात्र छन् विषादकापहाड छन् भोककानदीनाला छन् आँसुआँसुकानेता छन् र कार्यकर्ता छन् स्वस्वार्थमा नुहाएकाजनजातिमधेसीबाहुन क्षत्रीसबै छन्नेपाली छैन
सबै थोक छअन्यायको हाहाकार छन्याय छैनसुरक्षा निकायहरू छन्सुरक्षा छैनत्रासको डरलाग्दो जङ्गल छनिकास छैननाराहरू कति छन् कतिविकास छैन
सबै थोक छ/धेरै थोक छ यहाँछैन त केवलहुनु पर्ने एकमात्र देश छैन।हहह