म झरी बर्सन्छु
गड्गडाएर अहङ्कारका गर्जन विरुद्धचम्चमाएर विद्रोहका बिजुलीसुसेल्दै आँधीका प्रचण्ड प्रवेगउचालेर ज्वालामुखीका हुङ्कारहरूम झरी बर्सन्छुझम झम झम झमझम झम झम झम।
रेटेर दम्भका कठोर घाँटीहरू आत्मीयतालेधुल्याएर अभिमानका अग्ला पहाडहरू प्रेमलेछेकेर पीडाहरूको जुलुस बस्ती बाहिरैझुक्याएर हरेक शकुनि चालहरूलाई प्रत्येक युगहरूमाम झरी बर्सन्छुझम झम झम झमझम झम झम।
म प्रेम बर्सन्छु।सद्भाव बर्सन्छु।आत्मीयता बर्सन्छु।पखालेर घृणा र द्वेषका उन्मत्त हिमालहरूम समर्पणका हिमनदी बर्सन्छुजमेर हिमताल बर्सन्छुपग्लेर नदी बर्सन्छुबगेर दुखका आँसुहरू मान्छे आँखाबाटम खुसी बर्सन्छु।आनन्द बर्सन्छु।हर्ष बर्सन्छु।झम झम झमझम झम झम झम।म झरी बर्सन्छु।
मेरो बर्साइले हर्ष ल्याउन सक्छ।नल्याउन सक्छ।खुसी ल्याउन सक्छ।नल्याउन सक्छ।तिमीले खोजेको सुसमय ल्याउन सक्छ।नल्याउन सक्छ।आफ्नै नियति होतैपनि म बर्सन्छु।झम झम झमझम झम झमम झरी बर्सन्छु।
काला अतीतका पानाहरूभरिम चहकिलो उज्यालो बर्सन्छुनिराश वर्तमानका आँगनहरूमाम आशा बर्सन्छुअज्ञात भविष्यका नाममाउज्यालो आकाश बर्सन्छुतिम्रा पीडाका आँचलहरूमाम आनन्दका टल्कनेशीत बर्सन्छुझमझम झमम झरी बर्सन्छु।
चिसा उदास मझेरीहरूमाहाँसो बनेर बर्सनु छभोका मादल पेटहरूमाअन्न बनेर बर्सनु छनिराश कलेटी ओठहरूमामुस्कान बनेर बर्सनु छदुखी मलीन मुहारहरूमाकान्ति बनेर बर्सनु छअत्याचार र अन्यायहरूका विरुद्धक्रान्ति बनेर बर्सनु छसबै सबै क्रूरताहरूमाथिविद्रोह बनेर बर्सनु छअँध्यारो ओढेर निदाएका बस्तीहरूमासिङ्गो जून र एक अँजुली तारा बर्सनु छझम झमझम झम झमम झरी बर्सन्छु।म झरी बर्सन्छुर ल्याउँछुगीतका भाकाहरूफूल र सुगन्धको महकशान्ति र समृद्धिको चहकझम झमझम झमम झरी बर्सन्छु।
म झरी बर्सन्छुर ल्याउँछुमसिना खुसीहरूको लस्करसेता हिमालहरूको पवित्रतासङ्ला नदीहरूको कलकलराता गुलाफहरूको यौवनअँजुलीभरि सुन्दर ताराहरूओठभरि स्निग्ध मुस्कानपाइलाभरि उत्साह र उमङ्गछातीभरि कहिल्यै नरित्तिने विश्वासर छरिदिन्छुगाउँभरि। बस्तीभरि। सहरभरि। देशभरि। संसारभरि।झम झम झमझम झम झमम झरी बर्सन्छु।
अझै,भयङ्कर आणविक भट्टीहरूमा मैलेबुद्ध बनेर बर्सनु छभीषण युद्धका मोर्चाहरूमा मैलेजिसस बनेर बर्सनु छम गान्धी बर्सन चाहन्छुहरेक हिंस्रक मनहरूमाम वाल्मीकि बर्सन चाहन्छुसबै सबै रत्नाकर हृदयहरूमाघाम र जून बर्सन नसके पनिएउटा पिलपिले जुन्किरी बर्सन चाहन्छु ममान्छे जीवनका अन्धकार पलहरूमाझम झम झम झमझम झम झमम झरी बर्सन्छु।
कठाङ्ग्रिँदा चिसा रातहरूमाहिउँ बर्सनुको पीडा छ मसँगउत्तप्त मध्याह्नहरूमाटन्टलापुर घाम बर्सनुको वेदना छ मसँगम झरी बर्सँदा बर्सँदै पहिरो बगेको छुबर्सेर झरी बारीका पाटाहरू बगेको छुबगेको छु खेतका फाँटहरूससाना अबोध नानीहरू बगेको छुकल्कलाउँदा युवायुवती बगेको छुर बगेको छु अशक्त वृद्धवृद्धासमयको एउटा साह्रै साह्रै साह्रै नरमाइलो पाटो बगेको छुबर्सनु बग्नु बगाउनुफेरि बर्सनु फेरि बग्नु फेरि बगाउनुयस्तै यस्तै विवशता पनि बर्सन्छु मलाचारी पनि बर्सन्छु म।
अन्तिम पटक। मात्र अन्तिम पटकफेरि एकपल्ट बर्सने इच्छा छ मसँगम फूल बनेर बर्सन पाऊँझम झम झमझम झम झमम मुस्कान बनेर बर्सन पाऊँझम झमझम झमम शान्ति बनेर बर्सन पाऊँझम झम झम झमझम झम झम झमम स्वतन्त्रता/न्याय/सङ्गति/सदाचार र समानता बनेर बर्सन पाऊँझम झम झम झमझम झम झम झम
झम झमझमम झरी बर्सन्छु।