उमेरको नदी
तिनै सल्ला घारी, उत्तिस र सालका रुखहरूबाटोछेउ उभिएको एक्लो वृहस्पति सिमलसपना बोकेर उड्ने गौँथलीका भालेपोथीझल्को आउँछ बारीका पाटा अनि तिनै खेतका गह्राहरूकोउमेरको यो नदी त्यतैबाट बग्दै आएको हो।
चुवाका फूलमा मुस्कुराउने मोनालिसा सौन्दर्यदबदबेका हाँगामा जीवन नाच्ने रुपीका एक जोडीबतासको मुलायम स्पर्शमा हल्लिएको जीवनको क्यानभासर त्यो पहाडी ब्लुज, ढुकुरका गीतहरूमा गुन्जिएकोउमेरको यो नदी त्यतैबाट बग्दै आएको हो।
कटुसका बोटमा बस्ने जुरेली रहरको ताँतीलहरे वरको सैसैला अनि चिप्लेटी सल्लाघारीकोखोला र झरनाको मादक आर्केस्ट्राअनि ऐँसेलुका दानाले बिर्साएको चोट कुप्रे काँडाकोउमेरको यो नदी त्यतैबाट बग्दै आएको हो।
पृष्ठभूमिमा सेता हिमाल र गगनभेदी पर्वतमालाहरूदृष्टिको सीमान्तसम्म टाँगिएको अनन्त आकाशजीवन चरिरहेका गाईवस्तुको लस्करर स्मृतिमा बल्झन्छ् मिठास जङ्गली फँडिरकोउमेरको यो नदी त्यतैबाट बग्दै आएको हो।
देउरालीको बतास चढेर पाखातिर डुल्ने तन्नेरी सुगन्धस्वागत र बिदाइका हात हल्लाइरहने लहरे वरकिरणहरूसँग लुकामारी खेल्दै जिस्किने हिमाली हाँसोनिधारभरि जमराको हरियाली बोक्ने खरबारी माथि डाँडाकोउमेरको यो नदी त्यतैबाट बग्दै आएको हो।
बाँसझ्याङबाट मकैबारीमा धावा बोल्ने रङ्गीन सुगाहरूर फड्केमा अड्किएर झोक्राएको एउटा बाँसकटेरोकोइराला र टाँकीका रुखमा पिङ खेल्ने समयको झङ्कारएउटा मोहक सपना, निदाएका नानी आँखामा हाँसिरहेकोउमेरको यो नदी त्यतैबाट बग्दै आएको हो।
तिमी पनि त थियौ नि बिर्सियौ र !हामीले जीवन खेलेका धुलौटे बाटोका किनाराहरूनाङ्गै पैताला सँगै छिचोलेका ठिहिर्यााउने शिशिरहरूउफ् नभनी छिचोलेको जिन्दगीको त्यो ढुङ्गे उकालो ओरालोउमेरको यो नदी त्यतैबाट बग्दै आएको हो।
तिमी पनि त थियौ नि बिर्सियौ र !साँझमा जुनेली रात ओडेर कोदोको नल काट्ने बाहनामाहामीले सँगै आकाशका ताराहरू गनेकोअबोला मैयाँ र लाटोबुङ्गाका कथाहरू भनेकोउमेरको यो नदी त्यतैबाट बग्दै आएको हो।
अझै एक आँखा बोकेको छुखरबारीमा कँचियाले औँला काट्दामायाको मलहम लगाएर तिमीले पछ्यौरीको फेर बाँधेको त्यो पलअनि त्यो सुदूर स्मृति, बारुलाले चिल्दा हँसिया दलेकोउमेरको यो नदी त्यतैबाट बग्दै आएको हो।
हुनत माटो बिर्सेका छौ रे तिमीले, बाटो बिर्सेका छौ रेपरिवर्तित समयका हाँगामा बेगिन्ती लालुपाते फुले पनिसम्पन्नताको सिरेटो तिम्रै खलिहान र आँगनतिर डुले पनिसाक्षी छन् चौताराका वरपीपल र देवीथान देउरालीकोउमेरको यो नदी त्यतैबाट बग्दै आएको हो।
पराले झुप्राले महलको आकार ग्रहण गर्यो भन्दैमाधुले पैताला महँगा कवचभित्र लुके भन्दैमाहिमनदी बग्ने नाकमाथि किमती चस्माले डेरा सर्योद भन्दैमातिमीले नबिर्सिदिएको भए पनि हुन्थ्योउमेरको यो नदी त्यतैबाट बग्दै आएको हो।
रूप फेरेका छन् सपनाले र बनेका छन् छद्मभेषीबिना अनुमति फेरबदल भइरहन्छ समय आफै पनिमन शरद नाङ्गिएर शिशिरमा अनुवाद हुन्छर पनि कहाँ सकिन्छ र काट्न आफै बसेको हाँगो?उमेरको यो नदी त्यतैबाट बग्दै आएको हो।
जोगाएकै छु अझै, जङ्गली आँपको सुवास मनभरिखन्यु, भलायो र आरुबखडाको मिठास मनभरिसल्बलाइरहेछन् सल्लाका बियाँ र जामुन सम्झनाभरिसम्झनामै बसेको छ अझै बुढो बोट अम्बाकोउमेरको यो नदी त्यतैबाट बग्दै आएको हो।
खाक्सीका भारीमाथि बोकेर जिन्दगीका सपनाहरूसम्झन्छु मेलापातका लेकबेसी गरेकोपहाडी वनका झ्याउँकिरी सङ्गीतमा एक्लै एक्लैगुनगुनाउँदै उकालो चढेको, ओरालो झरेकोउमेरको यो नदी त्यतैबाट बग्दै आएको हो।
म नाचेको तिनै पहाडी खोलाको सङ्गीतसँग होम हाँसेको तिनै सल्लाहरूको सुसाइसँग होतिनै कन्दराका प्रतिध्वनि हुन् मैले गाएका गीतहरूत्यतै छ एउटा हाँगो मेरा यौवनहरू फक्रिएकोउमेरको यो नदी त्यतैबाट बग्दै आएको हो।
मैले ओडेको आकाशमा त्यतैको न्यानोपन छ अझैमैले फेरेको सासमा त्यतैको बतासको सुवास छ अझैत्यतैको पहाडी बान्की छ मैले हेरेका दृश्यहरूमा अझैमैले लेखेको कवितामा जीवनगाथा छ अझै त्यतैकोउमेरको यो नदी त्यतैबाट बग्दै आएको हो।
चौतारीको वरपीपलमा ठोक्किएर बज्ने पहाडी सङ्गीतकाँसघारी, खोला किनारमा समय उड्ने बकुल्लाको ताँतीमनका तखताभरि साँचेर राखेका सुकिला रहरहरूर छातीभरि अटेसमटेस तन्नेरी जुलुस आकाङ्क्षाहरूकोउमेरको यो नदी त्यतैबाट बग्दै आएको हो।
समयका अनन्त आकृति कुँदिएका हृदयहरूसद्भावको बिस्कुन हालिएका मनहरूको आँगनहेरेर कहिल्यै नसकिने सुखको सम्पत्ति बोकेका आँखायाद आउँछ कहिल्यै नसुक्ने स्नेहका मसिना कुलेसाहरूकोउमेरको यो नदी त्यतैबाट बग्दै आएको हो।
धुलौटे पाटीमा सिन्काले लेखेका कखगघाँसदाउरा र मेलापातका सगरमाथाकन्दराबाट एकोहोरो गुन्जिने कोइलीगीतअझै सुनाइरहेछन् कथागाथा अतीतकोउमेरको यो नदी त्यतैबाट बग्दै आएको हो।
हेराइको अन्तिम सीमासम्म फैलिएको हरियालीपाखाभरि चुहिएको सुनको बिहानी घामआनन्द उग्राइरहेका गोधूलिका गाईवस्तुको लस्करसम्झन्छु पहेँलपुर तोरीबारीहरूमा उमङ्ग फक्रिएकोउमेरको यो नदी त्यतैबाट बग्दै आएको हो।
मन झिकेर सिउरिएको घरको सिकुवाआशा र उत्साहले प्रदीप्त माटेअँगेनासिङ्गो पृथ्वी अटाउने गाउँको उदार मनघान हालिरहन्थे ढिकी र जाँताहरू आशाहरूकोउमेरको यो नदी त्यतैबाट बग्दै आएको हो।
जीवन रोप्दै गरेको असारे झरीको सङ्गीतखुसी बटुलिरहेका व्यस्त मङ्सिरहरूसमृद्धिको लय सुसेल्ने रङ्गीन वसन्तएउटा जीवन गीत कोइली र ‘काफल पाक्यो‘ चराहरूकोउमेरको यो नदी त्यतैबाट बग्दै आएको हो।
धमिलो पानीमा सङ्लिएका स्नेही अनुहारहरू छन्आशा र आस्थाका गीतहरू अझै लयदार छन्पीडा र दुखका सुस्केरा पनि बस्छन् गल्ली गल्छेँडामाहर्ष र आनन्द पनि आरपार छन् जीवनकोउमेरको यो नदी त्यतैबाट बग्दै आएको हो।
नपाएको धेरै भो ग्रामीण माटोको सुगन्धमा रम्ननपाएको अनुभव गर्न जङ्गली बतासको मायालु सुम्सुम्याहटनपाएको सुन्न पातहरूको साङ्गीतिकसिम्फोनीनपाएको एक आँखा अघाउँजी हेर्न मायालु अनुहार सान्नानीकोउमेरको यो नदी त्यतैबाट बग्दै आएको हो।
अहँ, फेरिएको छैन अझै गाउँको मोहक सुगन्धउस्तै छ निधारभरि बादलहरूको स्नेही स्पर्शफेरिएको छैन जङ्गली पातहरूको मधुरो धुनउस्तै छ सान्नानीको प्रेमिल अनुहारको मादक झल्कोउमेरको यो नदी त्यतैबाट बग्दै आएको हो।
त्यसो त सुनसान सिउँदाहरूसँग पनि रुन्छ गाउँसहिद दाजुहरूको लामो सूचीछेउ बसेर भक्कानिन्छअस्मिता चिथोरिएका अबलाहरूसँगै सुक्सुकाउँछ कहिलेकाहीँर पढिरहन्छ अनुहार अङ्गभङ्ग भएका अबोध नानीहरूकोउमेरको यो नदी त्यतैबाट बग्दै आएको हो।
गाउँमै छन् अभाव रोएका मन र भोक हाँसेका अनुहारहरूयतै छन् सुनौला सपना पर्खेर बसेका आँखाहरू पनिर यतै छ मेला निधारमाथि हत्केलाको पाली लगाएरहाँसोको बाटो हेरिरहेका कलेटी ओठहरूकोउमेरको यो नदी त्यतैबाट बग्दै आएको हो।
अझै सपनाहरूमा गाउँको आकाश खोज्छन् आँखाहरूएकान्तमा त्यतैका मधुर भाका खोज्छन् गलाहरूअझै हातहरू पर्खिरहेछन् त्यतैका कलाहरूको सुवासपाइताला खोजिरहेछन् मायालु स्पर्श त्यतैका बाटाहरूकोउमेरको यो नदी त्यतैबाट बग्दै आएको हो।
म अजस्र नदी भएर बगेको त्यहीँबाट होम अगम हिमाल भएर उभिएको त्यहीँबाट होम मोहक फूल बनेर मुस्कुराएको त्यहीँबाट होम कञ्चन छहरा बनेर बर्सिएको त्यहीँबाट होउमेरको यो नदी त्यतैबाट बग्दै आएको हो।
ओर्लेर उषाको रक्तिम लालिमा गाउँ अनुहार सुम्सुम्याउँथ्योवर्षा ऋतुले असार गाउँदा गाउँ जीवन गुन्गुनाउँथ्योस्नेहका डोरीहरू थाहै नपाई हुन्थे एकाकारग्रीष्मतिर पनि लाग्थ्यो, त्यहाँ शरद् मुस्कुराउँथ्योउमेरको यो नदी त्यतैबाट बग्दै आएको हो।
छिचोलेका असङ्ख्य घामपानी छन्समयसँगै चिप्लिएका बालापन र जवानी छन्मुटुभरि खोपिएको निसानी छ दुखैदुखकोछातिभरि कोरिएको कहानी पनि छ सुखैसुखकोउमेरको यो नदी त्यतैबाट बग्दै आएको हो।
मेरो ओत त्यो गाउँमाथिको प्रियसी बादल होमेरो कलाको पाइन हृदय छोएर घन्कने मादल होमेरा खुसीका भाका हाल्छ अझ देउरालीको त्यही चौतारोत्यतैका ढुङ्गेधाराहरू सुनाउँछन् कथा मेरो जिन्दगीकोउमेरको यो नदी त्यतैबाट बग्दै आएको हो।
धित मारेर बगाउन पाइएन दुई थोपा आँसुआफै उमि्रएको आफ्नै प्रिय गाउँको नाममाटारबारीपखेरा र गोरेटाहरूको नाममार नाममा, सद्भाव बर्साउने असङ्ख्य अनुहारहरूकोउमेरको यो नदी त्यतैबाट बग्दै आएको हो।
सत्ते भन्छु मेरा खुसीहरू त्यहीँको माटोमा फुलेका हुन्सुकिला रहरहरूको ताँती तिनै गोरेटाहरूमा डुलेका हुन्ढाँटेर कसरी पो ढाँट्न सकिन्छ र जिन्दगीको सत्यलाईलाग्छ मेरै खुसीका लागि हो आकाशमा एउटा जून फुलेकोउमेरको यो नदी त्यतैबाट बग्दै आएको हो।
म रम्न चाहन्छु मेरै सम्झनाको गाउँका गीतहरू गाएररमाउन चाहन्छु आफ्नै गाउँसँग अटुट प्रीत लाएरतिम्रो नजरले जेसुकै देखोस् परवाह छैन मलाईम झुमिरहन चाहन्छु रमाएर, सङ्गीतमा ढिकी र जाँतोकोउमेरको यो नदी त्यतैबाट बग्दै आएको हो।
अझै बाँकी छ गाउँ ब्युँझन आफ्नै कालो अन्धकारबाटहाँस्न पाएको छैन गाउँ एउटा लयदार पहाडी हाँसो अझैअँध्यारो विरुद्धका बत्ती बलेकै छैनन् गाउँका मझेरीमासन्त्रासको राहु अझै निस्केको छैन सिमानाबाट गाउँकोउमेरको यो नदी त्यतैबाट बग्दै आएको हो।
मैले गाएका गीतहरूमा लोली मिलाऊन् त्यतैका खहरेहरूमैले देखेका सपनाहरूमा मुस्काऊन् त्यतैका छहराहरूबरु हेर्न नपाइयोस् संसारका सबैसबै आश्चर्यहरू खेद छैनआँखाअघि सधैँ नाचिरहोस् त्यही पहरो आफैले टेकेकोउमेरको यो नदी त्यतैबाट बग्दै आएको हो।
दुखको भेल अझै बगिररहेछ गाउँको बाटैबाटोविकासको बतास पसेकै छैन गाँउको सिमानभित्रउस्तै छ सभ्यतामाथि लागेको कालो बादल गाउँमाथिअझै छ सन्त्रास, कोदोबारीतिर रातबिरात हिँडिरहेकोउमेरको यो नदी त्यतैबाट बग्दै आएको हो।
गाउँमा आत्मीयताको रोगन होस् मैले खोजेको यत्ति नै होसद्भावका फूल फुलून् गाउँमा मैले खोजेको यत्ति नै होगाउँ हाँसोस् एउटा उन्मुक्त हाँसो मैले खोजेको यत्ति नै होगाउँ गाओस् सहअस्तित्वका गीतहरू मैले खोजेको यत्ति नै होउमेरको यो नदी त्यतैबाट बग्दै आएको हो।