कवितामा देश

अस्तित्वको विज्ञापन फलाकेरथकित एक हुल कलेटी ओठहरू छन्विनिर्माण आस्थामाभत्काएर आफैलाई दिनदिनैआफैलाई खोज्ने मान्छेहरू छन्लाग्छ आज एउटा एउटा मान्छेएउटा एउटा डेरिडा बाँचेको छ।

गाउँबस्तीमा दुखका निश्वासहरू डुलेको बेलाबतासभरि आतङ्क सल्बलाएको बेलाअन्धा धृतराष्ट्रहरूपुल्पुल्याइरहेछन् दुर्योधनहरूलाईनेपथ्यमा मिल्किएका छन्विदुर र देवव्रत भीष्महरूशकुनि कपटी पाशामै व्यस्त छउसैगरी मित्रताको दुहाइ दिइरहेकै छउसैगरी आगोमा घिउ थपिरहेछसमयको एउटा एउटा कर्ण आज पनि।

साँघुरो डेराको जिन्दगी बाँचेरदेश बोक्ने सपना साँच्नेतन्नेरी छोराहरू छैनन् अब सुदूर देशका कुना कन्दरामासुगन्ध बोकेर डुल्ने स्वच्छ पहाडी हावा छैन अबयताका पाखा पखेराहरूमाहिउँबिनाका बिरूप हिमालहरूहाँसिरहेछन् आँखै अगाडिमृगका पाठाहरू सरिरहेछन् बसाइँस्थायी हिसाबले, दिनदिनै जङ्गलबाट किताबका पानाहरूमा।

उदास इच्छाहरूको आमसभा डाकेरमान्छे सुनाइरहेछ समयका कथाहरूदेश खोजिरहेछ समयको ऐनामाआज पनि आफ्नो सक्कली अनुहारघाउहरूको प्रदर्शनीजस्तो मात्र देखिन्छउभिएर ऐनै अगाडि आफैलाई हेर्दा।

लाग्छगाउँ जङ्गल पसेको छ रातारातर जङ्गल देश निकाला गरिएको छ हेर्दाहेर्दैआज देश गाउँदैन मान्छेगाउँबस्ती गाउँदैनन् देशमानौँ देश कतै कतै कतै छैनदेश त आज वार्षिक परीक्षामा सोधिएकोदस अङ्कको वैकल्पिक निबन्धात्मक प्रश्नमा सीमित भएको छर जेनतेन परीक्षार्थीको एउटा जमातलेखिरहेछ देश। जोगाइरहेछ देशलाई आफ्ना उत्तरहरूमा।

आजकल हरेक रातसपनामा आएर देश खोज्छन् मान्छेपुर्खाहरूमान्छे मौन छआजकल विदेशी पर्यटकहरू देश सोध्छन् मान्छेसँगफेरि पनि मान्छे मौन छ।

खोइ हाम्रो हिमाल ?खोइ हाम्रा पहाडहरू ?खोइ हाम्रो तराईको विशाल फाँट ?खोइ हाम्रो आफ्नै आकाश ?खोइ हाम्रो पहिचान ?

खोइ ?खोइ खोइ ?खोइ खोइ खोइ ?

प्रश्नैप्रश्नका तिखा काँडाहरूरोपिन्छन् आँखाभरि सपनाहरूमामौनता शान्त समुद्रजस्तो उभिन्छचुपचाप चुपचाप।

एउटा शिक्षक देश पढाउँछ :क्षेत्रफल...अक्षांश...देशान्तर...अवस्थिति...यस्तै यस्तै

के देश भनेको भूगोल मात्रै हो ?के देश भनेको ढुङ्गा र माटो मात्रै हो ?वनपाखा र नदीनाला मात्र हो देश ?कि कङ्क्रिटको जङ्गल हो देश भनेको ?

समय प्रश्न सोधिरहन्छशिक्षक देश पढाइरहन्छ।

देश त भावना बन्न सक्नुपर्नेमान्छे बन्न सक्नुपर्नेउदास अनुहारतिर देशएउटा स्निग्ध मुस्कान बन्न सक्नुपर्नेभोकमा एउटा रोटी, एक घान मकै बन्न सक्नुपर्नेअसीम पीडाले एउटा बालक रुँदाआमाको स्नेहिलो सुम्सुम्याहट बन्नुपर्ने देशअज्ञान चिसिएका आँखाहरूमाज्ञानको कहिल्यै ननिभ्ने ज्योति बन्नुपर्ने देशविडम्बना ! यहाँ त देशै पो छैन।

देश नभएपछि मान्छे कहाँ रहन्छ?देश नभएपछि गाउँ र बस्ती कहाँ रहन्छन्?देश नरहेपछि तिमी हामी कहाँ रहन्छौँ?

देशका छातीमा आत्मीयताका आँकुरा पलाउनुपर्ने होदेशका हाँगामा सहअस्तित्वका फूलहरू फुल्नुपर्ने होदेशका नसानसामा शान्ति सञ्चरित हुनुपर्ने हो

यहाँ तद्वेषका पोखरी र तालहरू मात्र छन् देशैभरियहाँ ततिरस्कार र घृणाका नदीहरू मात्र छन् देशैभरियहाँ तभत्काएर निर्माणको आनन्द लिने निर्माता मात्र छन देशैभरियहाँ तघर सल्काएर हाल सोध्ने आफन्त मात्र छन् देशैभरि।

देश दुखका सुस्केरा टेकेरबिरान जीवनका बगर चहार्छभत्काएर मान्छेलाईध्वंसको गीत गाउँछ बेइमान समयच्यातेर मान्छेखुसीहरूको सुरम्य क्षितिजपीडाका रङहरू पोत्नेभो त्यस्तो निष्ठुर आत्मीयता चाहिँदैन हामीलाई।

अनिकालका लहरहरूदेश डुल्छन् निर्बाध भनेअभावका भावहरूधावा बोल्छन् सधैँ देशैमाथि भनेप्रतिकारमा एउटा जुलुसमान्छेले निकाले के हुन्छ र ?

समस्याका उकाला ओरालाटेक्नै पर्छ सधैँ भनेकिन अलापिरहने हामी मात्रविपन्नताका रागहरूबाँच्नुको नाममाआफैलाई बन्धकी राखेरकिन गर्नु असमयको व्यर्थ प्रलाप ?

उभ्याएर सधैँसधैँअपमानको एउटा जङ्गे पहाड छातीभित्रधेरै हिँडियो समयका गोरेटाहरूमा देश खोज्दैफुलाएर आशा र आस्थाका गुराँसहरू आँखाभरिधेरै छिचोलियो उज्योलो यात्राको सपनाबदलामा के पाइयो ?सिबाय निराशाहरूको पुनरागमन !के आशाका गीतहरूको जुलुसमा पहिलोचाटिदेश गुन्जाएको हामीले नै होइन?हाम्रा गीतहरू नै हाम्रा हुन सक्दैनन् भनेहाम्रा गीतहरू नै देशका गीत हुन सक्दैनन् भनेनलेखौँ खोक्रा कविता र राष्ट्रगानहरू देशका नाममा।

चिथोरिएर, लुछिएर, लुटिएरआज देश गुहार मागिरहेछ मान्छेसँगदेश हजार आयतनमा फैलन खोजिरहेछदेश गुराँस सुनाखरीहरूसँग हाँस्न खोजिरहेछदेश बिर्सन खोजिरहेछआफ्नै सन्ततिका आघातमय अतीतका वेदनाहरू

प्रसव वेदनाले आहत देशछटपटाइरहेछ प्रसुति गृहको साँघुरो बेडमा यति बेलाए मान्छे !एकैछिन शान्त भइदेऊर देशलाई जन्माउन देऊअनन्त आशा र सम्भावनाहरूको एउटा सुन्दर क्षितिजमान्छे हाँसेका सुन्दर हिमालहरूसद्भाव गाउने कोइलीहरू

देश पर्खिरहेछनिदाऊन् युद्ध खेल्ने छोराछोरीहरूफर्कियून् बाटो बिराएका आफन्तहरूउदाओस् समृद्धिको एउटा घामगन्जियून् सहअस्तित्वका गीतहरूअस्ताऊन् रोग र भोकहरू सदासदाका लागि।

शान्त !शान्त !!शान्त !!!देश प्रसव वेदनाले छटपटाइरहेको छकुनै रोगी प्रसुति गृहको साँघुरो बेडमा यति बेला।