ढुङ्गाका मान्छे र हाडमासुका देवताहरू
ढुङ्गाका मान्छेको बस्तीमाढुङ्गाका मनहरूको पटाङ्गिनीमाढुङ्गाका भावनाहरूको सतहमा उभिएको छुमअर्थात् एउटा ढुङ्गा।
मनहरूमा: संवेदना दुख्न छाडेपछि: भावना दुख्न छाडेपछि: विचार दुख्न छाडेपछि: सदाचार दुख्न छाडेपछि: र एउटा सिङ्गो देश दुख्न छाडेपछिमान्छे ढुङ्गामा अनुवाद हुँदो रहेछजसरी म भएको छुजसरी तँ भएको छस्जसरी तिमी भएका छौजसरी तपाईँ हुनुभएको छजसरी मान्छे भएका छन्जसरी सबै सबै सबै सबै सबै सबै सबै सबै भएका छन्।बस्तीभरि ढुङ्गाहरूको कोलाज छहातहरू अर्थात् ढुङ्गागोडाहरू अर्थात् ढुङ्गाटाउकाहरू अर्थात् ढुङ्गाअर्थात्हरू अर्थात् ढुङ्गा'हरू'हरू अर्थात् ढुङ्गासिङ्गो सग्लो मान्छे अर्थात् ढुङ्गामान्छे ढुङ्गाहरू अर्थात्ढुङ्गा मान्छेहरू।
ढुङ्गाका उपासक स्वयम् ढुङ्गा भएपछिढुङ्गाका हितचिन्तक स्वयम् ढुङ्गा भएपछिढुङ्गाका सर्जक ढुङ्गा नै भएपछिढुङ्गाका पूजक पनि ढुङ्गा नै भएपछिढुङ्गाका शत्रु र मित्र पनिढुङ्गा नै भएपछिढुङ्गाका परिपालकर संहारक समेत ढुङ्गा नै भएपछिअनि स्वयम् मान्छे नै ढुङ्गा भएपछिरातारात बेपत्ता भएमेरो बस्तीको मन्दिरबाटमान्छेले श्रद्धाले पुज्ने गरेकाढुङ्गाका देवताहरू।
सुनिन्छमान्छेको संसर्गभन्दा निकै परमन्दिरबाट हराएका ढुङ्गाहरूलेएउटा अनौठो बस्ती बसालेका छन्बस्ती :जहाँ भोकहरू छैनन्रोगहरू छैनन्शोकहरू छैनन्झोकहरू छैनन्बस्ती :जहाँ अभावहरू छैनन्। दुर्भावहरू छैनन्दबाबहरू छैन्। रबाफहरू छैनन्बस्ती :जहाँ संवेदित मनहरू मलहम लिएर घुम्छन्आर्तहरू खोज्दैजहाँ आत्मीयताको बादल सियाल बोकेर हिँड्छ बस्तीमाथिजहाँ स्नेहका झरनाहरू निर्झर बगिरहन्छन्बस्ती :जहाँ भ्रातृत्वको कहिल्यै नझुक्ने झन्डा गाडेका छन्ढुङ्गाहरूले।जहाँ मातृत्वको कहिल्यै नसुक्ने नदी बगाएका छन्ढुङ्गाहरूले।
हेर्दाहेर्दैढुङ्गाका देवताहरूहाडमासुका देवतामा रूपान्तरित भए।
हेर्दाहेर्दैढुङ्गाको बस्तीहाडमासुका मान्छेको बस्तीमा रूपान्तरित भयो
हेर्दाहेर्दैढुङ्गाका मनहरूसुकोमल भावमयताले भरिन थालेकहाँ छ मेरो मान्छे ?तेरो मान्छे ?तपाईँको मान्छे ?हजुरको मान्छे ?हाम्रो मान्छे ??सबै सबै सबै सबै सबैको मान्छे ?अर्थात्आजको विश्व मान्छे ?कहाँ छ ?कहाँ छ ??कहाँ छ ???
किन ढुङ्गा बन्यो हाम्रो साँच्चैको मान्छे ?किन किंवदन्ती बन्यो ?अपत्यार बन्यो। अन्धविश्वास बन्यो। परपीडक बन्यो।पापिष्ट बन्यो। दुरात्मा बन्यो। छलकपट बन्यो।विश्वासघात बन्यो। कुचेष्टा बन्यो। जनावर बन्यो।र ... ... बन्यो।र ... ... बन्यो।र ... ... बन्यो।र ... ... बन्यो।र ... ... बन्यो।आफैलाई नचिनेरगाउँहरू किन भत्कायो मान्छेले ?सहरहरू किन बिगार्यो मान्छेले ?फूलबारीहरू किन खण्डहर बनोयो मान्छेले ?आफ्नै घर सल्काएर। आफन्तकै लागि काल पल्काएर।आस्थाहरू भाँचेर। विश्वासहरू कुल्चेर। ममताको घाँटी निर्ममतापूर्वक थिचेर। आत्मीयताहरू पाखा लगाएर। सिर्जनाहरू नामेट गरेर। सम्भावनाका सबै ढोकाहरू थुनेर। सहयात्रीको पिठ्युँमा छुरा रोपेर। मान्छेकै कोटिबाट तल झरेर।कहाँको यात्रामा निस्केको हो हाम्रो हाडमासुको मान्छे ?कसलाई भेट्न बेलगाम दौडेको हो हाम्रो मान्छे ??साँच्चै के गर्न लागेको हो हाम्रो मान्छे ???
के गर्न लागेको हो हाम्रो मान्छे ???के गर्न लागेको हो हाम्रो मान्छे ???के गर्न लागेको हो हाम्रो मान्छे ???
फेरि पनिढुङ्गाहरूकै बस्तीमा। ढुङ्गाहरूकै समाजमा। ढुङ्गाहरूकै भिडमा। ढुङ्गाहरूकै देशमा। ढुङ्गाहरूकै सीमान्त प्रदेशमा।र ढुङ्गाहरूकै अनन्त आकाशमा।म अर्थात् एउटा ढुङ्गातँ। तिमी। तपाईँ। हजुर अर्थात् एउटा ढुङ्गालाईयही एउटै यक्ष प्रश्न :
के गर्न लागेको हो हाम्रो मान्छे ???के गर्न लागेको हो हाम्रो मान्छे ???के गर्न लागेको हो हाम्रो मान्छे ???
युगौँदेखि सोधिरहेछु। युगौँदेखि सोधिरहेछु।युगौँदेखि सोधिरहेछु।