अकविता १
कविताको अज्ञात रङ खोज्दै छु आजरङ रङ नहुनुको एउटा भावभाव भाव नहुनुको एउटा रङजिन्दगीजस्तै रङका रङहरूरङजस्तै जिन्दगीका रङ्गहीनताहरूमरन्च्याँसे समयर सौन्दर्यका मलामीहरूचौरभरि दुबोर विस्तीर्ण काँडाहरूकाग, गधा, बाँदर र मलामीहरूको कोलाजहरिया, पहेँला, राता, सेता, बैजनी रङहरूकोपट्यालाग्दो एउटा मिश्रणअर्थात् आजको मान्छेअर्थात् आजको युगअर्थात् आजको आजर अर्थात् अर्थातैअर्थात्-हरूको अर्थात्एउटा अकवितानबुझिने, नअर्थिने, नपढिनेदुरूह, दुर्बोध्य, बहुअर्थी, अर्थहीनजसरी भन्नोस्, जे भन्नोस्जिन्दगीजस्तै लाचार, विवश, निरीह।
अग्लाइहरू देखेर डर लाग्छअग्लाइहरू हिमालकाअग्लाइहरू पहाडकाअग्लाइहरू मान्छेकाअग्लाइहरू घातप्रतिघातकाअग्लाइहरू ऊँटका, जिराफका,पिरामिडका र भवनहरूकाअग्लाइहरू थन्किएका पहाडहरू, घरहरूऊँटहरू, जिराफहरूअग्लाइहरू गुमाएका मान्छेहरूअग्लाइहरू हराएका विचारहरूअग्लाइहरू लुटिएका सत्यहरूअग्लाइहरू खोसिएका सार्थकताहरूअग्लाइहरू नरहेका अग्लाइहरूअग्लाइको नाममा पुड्काइ बोकेकाआफूलाई मान्छे भएको भ्रममा पार्नेहरूर ऊहरू, महरू, तँहरू, सबैहरूर हरू र हरू र हरूर हरू र हरूर हरूजहाँ अग्लाइहरू स्वयम्अग्लाइ रहन सक्दैनन्त्यहाँ उभिन्छ जिन्दगीको अनर्थत्यहाँ भाँचिन्छ जिन्दगीको अर्थजिन्दगीजस्तै गरीअर्थात् एउटा अकविता।
गीतहरूको लहर बगेको छ बस्तीमागीतहरूमा जिन्दगी कम छन्मृत्युहरूको ओइरो छगीतहरूमा उत्साह कम छशिथिलता मनग्गे छशोकहरू, भोकहरू, रोगहरूअसमर्थता, आक्रोशहरू, झोकहरूलबालब छन्मस्त छन् गीतभरिगीतहरू कोलाहल चढेर क्रन्दन गुन्जिन्छन्गीतहरू छाती चिरिएर रगत चिच्याउँछन्गीतहरू गीतजस्ता छैनन्सुस्केराहरूले मलजल गरिएका गीतहरूगाइरहेछन् ढुङ्गाहरूनाचिरहेछन् ढुङ्गाहरूरमाइरहेछन् ढुङ्गाहरूकोही ढुङ्गाहरू महान् सङ्गीतकार छन्मादल बजाइरहेछन्बाँसुरी र हारमोनियम बजाइरहेछन्मृदङ्ग, वीणा र एकतारे बजाइरहेछन्ढोलक, तबला, कर्नाल, दमाहा र सहनाई बजाइरहेछन्र सबैभन्दा बढी तमान्छेको संवेदना बजाइरहेछन् ढुङ्गाहरूढुङ्गाहरूलाई ननाच भन्न सकिँदैनढुङ्गाहरूलाई नगाओ भन्न सकिँदैनढुङ्गाहरूलाई नबजाओ भन्न सकिँदैननरमाओ भन्न सकिँदैनढुङ्गाहरूले कसैलाई चिन्दैनन्ढुङ्गाहरूले तँलाई चिन्दैनन्ढुङ्गाहरूले तिमीलाई चिन्दैनन्ढुङ्गाहरूले तपाईँलाई चिन्दैनन्ढुङ्गाहरूले हजुरलाई चिन्दैनन्ढुङ्गाहरूले ढुङ्गाहरूलाई चिन्दैनन्ढुङ्गाहरूले मान्छेहरूलाई चिन्दैनन्ढुङ्गाहरूले जिन्दगीहरूलाई चिन्दैनन्।
ढुङ्गाहरू त बज्रँने मात्र हुन्झ्यालका सिसाहरूमाजुलुसका पुलिसहरूमाजुलुसका मान्छेहरूमाढुङ्गाहरूले पुलिसलाई पुलिस देख्दैनन्ढुङ्गाहरूले जुलुसलाई जुलुस देख्दैनन्वाह ढुङ्गा !साला, मेरा आँखा पनि तेरै जस्ता भइदिए ?मान्छे कामना गर्छसक्थ्यो भने खित्का छाड्थ्यो होला ढुङ्गातर गर्दैन ढुङ्गाकेही गर्दैनन् ढुङ्गाहरू।
एक जिन्दगी ढुङ्गा पुजेको मान्छेढुङ्गा पुज्नुको मोहभङ्ग नहुँदै सिद्धिन्छबस्तीमा गुन्जन्छन्हरहर महादेव !खै सुन्छ कि सुन्दैन ढुङ्गा ?खै सुन्छ कि सुन्दैन महादेव ?सुन्ने मान्छेको जयकार कहिल्यै गर्दैन मान्छेपर्खन्छ त मात्र आफ्नै जयजयकारपर्दा हालेर अनुहारमाडोका डोका विश्वास रित्याएपछिढिला भइसक्छ मान्छे चिन्नअबेर भइसक्छ मान्छे बुझ्नबुझ्दा नबुझ्दै मान्छेले मान्छेमान्छे समाप्त भइसकेको हुन्छरुनुको नियति काँध हालेरअनि रुन्छ मान्छेभिडमा। एकान्तमा।गाउँमा। सहरमा।बन्द कोठामा। खुला चौरमा।मेलापातमा। घरधन्दामा।बाध्यतामा। रहरमा।घरमा। अरण्यमा।रजिन्दगीका हरेक प्रहरमा।अनि केमा अनि केमा अनि केमा अनि केमाअनि केमा अनि केमा अनि केमाअनि केमा अनि केमाअनि केमार एउटा सिङ्गो जिन्दगीमा।
यो रङ्हरूको कोलाज होयो अग्लाइहरूको कोलाज होयो गीतहरूको कोलाज होयो सङ्गीतहरूको कोलाज होयो नृत्यहरूको कोलाज होयो गाउँहरूको कोलाज होयो सहरहरूको कोलाज होयो भिडहरूको कोलाज होयो शून्यताहरूको कोलाज होयो ‘तँ‘हरूको कोलाज होयो तिमीहरूको कोलाज होयो तपाईँहरूको कोलाज होयो हजुरहरूको कोलाज हायो ढुङ्गाहरूको कोलाज होयो 'यो'हरूको कोलाज होयो 'हो'हरूको कोलाज होयो कोलाजहरूको कोलाज हो
यो एउटा अकविता हो।