फेरि मान्छे
मिल्किएर समयको किनारमाआकार आकारको अस्तित्वको मौन विज्ञापनगरिरहेछ मान्छेयुगौँदेखिअझै गरिरहेछविज्ञापन युगलाई नैनिरन्तर/निरन्तर।
बोकेर व्यतिरेकहरूसंयोगका/वियोगकापरिश्रमको नाममाआफै पुरिने खाडल खनिरहेछ मान्छेखेप्दै छमान्छे हुनुको क्रूर नियतियुगौँदेखिचुपचाप/चुपचाप।
जून पोखिएरधरतीले उन्मुक्त आह्लाद समेटेको बेलाहाम्रा मान्छेहरूलोडसेडिङ रोइरहेछन्आफ्नै सपनाको मलामी बनेरआलस्य हिँडिरहेछन्विडम्बनाको एउटा जुलुसर हिँडिरहने छन् कहिलेसम्मथाहा छैन।
आँसुको भेललेमनको ढिस्को काटेर लगिसकेको थाहा छैनतैपनि मान्छेउरालिरहेछ स्नेहको नदी मनमुटुबाटकहिलेसम्म आँसु बाँच्छ मान्छेथाहा छैन, कहिलेसम्म वेदना बाँच्छ मान्छेत्यो पनि थाहा छैन।
अनादि यात्रामाधेरै धेरै अनुभव सँगालेको छ मान्छेलेआफू भत्केरअरुका लागि बाँचिदिनु पर्ने दुर्दान्त पीडात्यो मान्छे बाहेक अरूलाई थाहा छैनआशाको बिस्कुनमाभँगेराका बथान चर्दा पनिनिराशाको कालो बादलटाउकै माथि झर्दा पनिलाचार/विवश/निर्विकल्पटुलुटुलु हेरिरहनुचुपचाप चुपचाप सहिरहनुसायद मान्छे नियतियोभन्दा पृथक् ढङ्गले परिभाषित हुन सक्दैन।
तुन्दातुन्दै जिन्दगीका रहरहरूछेक्दाछेक्दै भावनाका लहरहरूनेटो काटेको उमेरलाई हेर्छ मान्छे कहिलेसमयलाई उकेरा लाउँदा लाउँदैउन्मुक्तिका गीतहरू गाउँदा गाउँदैसमय हुर्कन्छ मान्छेलाई उछिनेरसमय रमाउँछ मान्छेलाई पछारेरफेरि पनि मान्छेलेसमय गान गाएकै छसमयकै अनन्त महिमा गुन्गुनाएकै छकिन पोख्छ क्रूरता समयमायालु मान्छेहरूमाथिथाहा छैन।
निर्वस्त्र ढाडहरूवेदनाको भारी बोक्छन्एउटा जिन्दगीयसै गरी पनि बित्न सक्छसुकुमार हातहरूरातदिन घन ठोक्छन्एउटा जिन्दगीयसै गरी पनि बितेकै छभत्किएर बाँच्नुमाजिन्दगीको आफ्नै मजा छत्रासद वैभवको जन्जालमानिस्सासिएर बाँचेको जिन्दगीयस्तो जिन्दगी हामीलाई मन्जुर छैनझ्यालढोकाबाट अहर्निश चिहाउनेअभावसँगको वीरतापूर्ण लडाइँमैजिन्दगीको सार खोज्नअभ्यस्त छौँ हामीसमस्याको थाप्लोमापाखुरी बजारेरैबाँच्ने आधार खोज्नअभ्यस्त छौँ हामी।
स्वाभिमान चुलिएकाअग्ला हिमालबाटआत्मीयताका झरना झर्छन्मान्छेकै आकृति मुस्कुराउछन् त्यहाँनिराशाको बादल च्यातेरकलिलो सूर्य फुल्छपूर्वी सुदूर क्षितिजमामान्छेकै अनुहार उज्यालिन्छ त्यहाँउधिनेर प्रतिकूलताको डङ्गुरबाटअनुकूलताका रासहरूहाम्रो मान्छेएउटा एउटा दधीचि बाँच्छएउटा एउटा प्रमिथस बाँच्छ।
आलस्य ओढेका अनुहारहरूगर्मीमा ज्याकेट फुकाले झैँफुकाल्छन् आलस्यतार चुल्याउँछन्कर्मयोगका कीर्तिमानहरूउदासी पोतिएका अनुहारस्निग्ध पोखरीमा पौडिन्छन्र उत्खनन गर्छन्उत्साहका आत्मबोधहरूनिरालस बाँच्नुको सुकिलो उपक्रमघाम बनेर टल्कन्छ बस्तीमाजून बनेर पोतिन्छ बस्तीमा।
मान्छे छ रसुन्दर देखिन्छन् सेताम्मे हिमालहरूमान्छे छ रएक ओठ मुस्कुराउँछन्सौन्दर्यका जुन्किरीहरूवसन्त आउँछ बस्तीमार उल्लास मनाउँछ मान्छेसँगैशिशिर ओर्लन्छर वेदना साटासाट गर्छ मान्छेसँगैधानखेतमा बयेली खेल्ने हावाचौरभरि गलैँचा ओच्छिने दुबोखोलामा बग्ने कलकलको पवित्रतासबैको भरोसाको केन्द्रमा छ मान्छेहाम्रो मान्छे।
फेरि पनि मान्छेकिन विवश छ खेप्न वेदनाका जन्जालहरू ?किन फसेको छ मान्छेव्यथाको अरण्यमा?किन बजाइरहेछ मान्छेअभावका अनन्त शास्त्रीय सङ्गीतहरू?संसार सबैको हो भनेदेश कसैको पेवा होइन भनेकिन हाँस्छएउटा मान्छे रुँदा अर्को मान्छे?एउटा मान्छे उग्राउँदाकिन अर्को मर्छ भोकले?किन मान्छे मान्छे मान्दैनआफूजस्तै अर्को मान्छेलाई?र किन ओढ्छ मान्छेकथित सभ्यताको खोलआफै छोपिने गरी?किन ... ... ... ... ?... किन ... ... ... ?... ... किन ... ... ?... ... ... किन ... ?... ... ... ... किन ?यस्तैयस्ता प्रश्नहरूम सोधिरहेछुसंसारलाईसमयलाईमान्छेलाईरसबैभन्दा बढीसायद आफैलाई।