अकविता ३

निर्वाध डुल्छन् आजकलआतङ्कहरू हाम्रो चोकतिर जथाभावीर पनि कविज्यू !किन लेखिँदैन कविता ?

कविता लेख्नका लागिफेरि कोसी अर्को गाउँ पस्नुपर्लाजस्तोअथवा गाउँहरू फेरि कोसीमै गएर बस्नुपर्लाजस्तोफेरि युद्ध बल्झेरनिहत्थाहरूको जिन्दगीमाथि धावा बोल्नुपर्लाजस्तोसिङ्गो बस्ती पहिरोमा पर्नुपर्लाजस्तो।

मृत्युहरूको खेती जति फस्टाउँछत्यति राम्रा कविता लेखिन्छन् क्यारेअहिले देश चुपचाप छकवि चुपचाप छन्कविता चुपचाप छन्समय चुपचाप छजिन्दगी चुपचाप छमान्छे चुपचाप छत्यसैले कविताहरू लेखिएका छैनन्यस्तैमा मौका छोपेर लेख्नु छअर्को एउटा अकविता।

मेरा साथीहरू लक्ष्मीनगर गएर ल्याए विपन्नताका समाचारहरूमेरा साथीहरू अरब गएर ल्याए पीडा भोगाइका वृत्तान्तहरूमेरा साथीहरू अमेरिका गएफर्केनन् ती उतै हराएमेरा साथीहरू जापान गएफर्केनन् ती पनि उतै हराएम यतै छु सायद बाँकी छुम यतै छु सायद त्यसैले हराउनबाट जोगिएको छुर यस्तैयस्तै भनेरयस्तैयस्तै सोचेरयस्तैयस्तै गरेरआफूलाई बुझाउने गरेको छु

आज ओठहरू हाँसो पर्खेर बसेका छन्आज जिन्दगीहरू सुसमय पर्खेर बसेका छन्आज मान्छेहरू सुदिन पर्खेर बसेका छन्आउँछ आउँदैन हाँसो अनिश्चित छआउँछ आउँदैन सुसमय कुनै ठेगान छैनआउँछ आउँदैन सुदिन केही पत्तो छैनफेरि पनि आशा मार्न सकेका छैनन्रामहरूले श्यामहरूले प्रकाशहरूलेतिमीहरूले हामीहरूले उनीहरूले मान्छेहरूलेसबैलेसबै सबैलेसबै सबै सबैले।

थाहा हुँदाहुँदैझर्दैन र खान पाइँदैनझर्ला र खान पाउँलाको लालसामानिरीहता बाँचेका मान्छेहरूको जुलुस छ बस्तीमासाँझ बिहान हराउँदै छन्ससाना बालकहरू। स्कुले केटाकेटीहरू।तन्नेरी छोराहरू। तरुनी छोरीहरू।बुढा बाआमाहरू। बाजेबज्यैहरू।भनौँ मान्छेहरूछैन सुरक्षा कतैजताततै बिगबिगी छ हराउनेहरूकोहराएकाहरूको पुनरागमनलासहरूको रूपमा भएकोदुर्दान्त पीडा पनि छ मान्छेसँगखेल्नै पर्ने जिन्दगीको बाजी खेलिरहेछन्मान्छेहरू चाहेर नचाहेर।

गाउँभरि शून्यता छतर बस्तीले खोजेको शान्ति त्यस्तो हैनसहरभरि कोलाहल छतर सहरले खोजेको जिन्दगी त्यस्तो हैनतन्नेरी छोराहरूको लासबन्द बाकसमा फर्कन्छ खाडी मुलुकबाटमुटु भक्कानो पारेरहेर्नै परेको छ बाबुआमालेवैधव्यले थिचेरजिन्दगीका बैँसालु रहरहरूबाँच्नै परेको छ श्रीमतीहरूलेपालीमा जतनसाथ सिउरिएका सपनाका पोकाहरूहुरीले उडाएजस्तैमनको बाकसमा पोको पारेर थन्क्याइएका भावनाहरूआँसुको बाढीले बगाए झैँबाँसझ्याङबाट उडेकारङ्गीन सुगाहरूजस्तै रम्य जिन्दगी कल्पनु बाहेकहरियो पहाडमाथि उडेकासेता बादलहरूजस्तो बँचाइका सपना साँच्नु बाहेककेही छैन मान्छेसँग अब बाँकीसिबाय एउटा रित्तोरित्तोर उदास जिन्दगी।

फेरि पनि मनको खेतसम्मखनिरहेछ मान्छे आशाको कुलोबिराइरहेछ भावनाका उजाड बगरहरूछरिहहेछ उत्साहको बिउछातीभित्रका फोगटाहरूमासान्त्वनाको रुमालले पुछेरउदासीका आँसुहरूधैर्यको मलहम लगाएरभित्री हृदयको उकुच पल्टेको घाउमागरिरहेछ मान्छे जिन्दगीको उकाली ओरालीभरिरहेछ उत्साहहरू पाइला पाइलामासाँझ बिहान विश्वासको एउटा कुन्युउभ्याइरहेछ मान्छे आफ्नो सानो आँगनको छेउमालगातार लगातार।

भत्काएर सुरक्षा स्वरूप उभ्याइएको पर्खालकाँडेतार र फलामे डन्डीहरूभाँचेर मूलढोकाका गजबार, ह्यान्डिल र चुकुलहरूअसमयको आँधी हुर्हुराउँदै छिर्यो र भरियोरित्ता भकारी, तसला र बट्टाहरूमामान्छेका नाममा उपहार स्वरुपल्याएको थियो आँधीलेअभावका भिन्न भिन्न परिकारहरू।

आँगनभरि छरिएका पारिजातका वास्नादार फूलहरूजस्तैसुन्दर सपनाहरू उडाउँदै निस्क्यो आँधीघरहरूबाट/मनहरूबाटर सुरु भयो घरमा त्यसै दिनदेखिअभावहरूको एउटा महा उत्सव।

तन्नेरी रहरहरूको मलामी गएर फर्केको मान्छेउभिन्छ रुखको ठुटोजस्तै आँगनको डिलमार ओकल्छ घृणा पर्यावरण सौन्दर्यको विरुद्धमाउसलाई आक्रोश छबेलाबेलामा सर्सराउँने बैँसका बतासहरू प्रतित्यहाँ शोक प्रस्तावहरूको कुनै अर्थ छैनभर्त्सनाका विज्ञप्तिहरूको कुनै प्रयोजन छैनबाटो छोडेर बरालिँदै हिँडेको अराजक समयफर्केला एक दिन फेरि आफ्नै बाटोमाआशा मारेरै पो के हुन्छ र बुझेको छ मान्छेलेर गरिरहेछ ऊ आज पनि आशाहरूको खेती

चकमन्न रातको एकान्त चिन्तन गर्दागर्दै मान्छेटाढिन्छ यथार्थबाट/आफैबाट/जिन्दगीबाटजिन्दगीबाटै टाढिएर जिउनुको अनुभूतिमाछुट्टै एउटा मज्जा छमज्जा, जो वर्णनहरूमा व्यक्त हुन सक्दैनढालेर सङ्गति र आचारका सीमाहरूएकैछिन भए पनि अराजक बाँच्नुको आनन्दवर्णनातीत हुन्छकति जेल्नु आफैलाईसधैँ सधैँ उही कथित दायित्व र कर्तव्यका बन्धनहरूमाआज मान्छेले उन्मुक्ति खोजेको छसबै सबै दायित्वहरूबाट, कर्तव्यहरूबाटसबै सबै मर्यादा र इमानदारिताका सीमाहरूबाटसबै सबै गौरवबोध र विगत गाथाहरूबाटबोक्दा बोक्दा कर्तव्य र दायित्वको अजङ भारीउभ्याउँदा उभ्याउँदा गौरवबोधका अग्लाइहीन पर्खालहरूचिच्याउँदा चिच्याउँदा इमानदारिता र मर्यादाकाआवाजहीन आवाजहरूमान्छेले एक जिन्दगी सिङ्गो मान्छे बाँच्न पाएन कहिल्यै

ए ! भ्रमहरूमा मान्छे बाँचेको अभिनय गर्नेमेरो बस्तीका मान्छेहरू !अब आओएउटा साँच्चैको सम्पूर्ण मान्छे बाँच्ने प्रयत्न गरौँत्यतै बिसाएर आओअतीत गौरवबोधका भ्रामक भारीहरूत्यतै छोडेर आओकर्तव्य र दायित्वका बोिझला डोकाहरूत्यतै थन्क्याएर आओमर्यादा र इमानदारिताका वैदिक ऋचाहरूकेही छिन त उन्मुक्त मान्छे बाँच्न खोजौँ हामीहो आओ अब !अन्तिमपटक नै सहीएउटा आकारहीन। भावहीन। लयहीन। सङ्गतिहीन।रूपहीन। आवाजहीन। रित्तो। रित्तो र अनन्त रित्तोअकविताजस्तैहामी मात्र मात्र र मात्र शून्य बाँचेर हेरौँहामी मात्र मात्र र मात्र शून्य हाँसेर हेरौँ।